
फागुन २८, सैनामैना ।
नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिताको उपाधि सीता सुनारले जितेकी छन् । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित लोक गीत प्रतियोगिताको उपाधि सुनारले जितेकी हुन् । उनले नगद २१ हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
त्यसैगरी विन्दु खड्काले द्धितीय स्थान हासिल गर्दै रु. १४ हजारसहित प्रमाण पत्र प्राप्त गरेको लोक गित प्रतियोगिताका संयोजक नारायण भुसालले जानकारी दिनुभयो ।
त्यस्तै सिर्जना खनाल तृतिय हुँदै नगद रु. ८ हजारसहित प्रमाण पत्र प्राप्त गर्न सफल भइन् भने सबिना बन्जाडे शान्तत्वना हुँदै नगद ५ हजारसहित प्रमाण पत्र प्राप्त गरिन् ।
फागुन १७ देखि २८ गते सम्म सञ्चालन हुने महोत्सव सैनामैना २ कालिकाचोक स्थित मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै जारी छ । आज फागुन २८ गते मेलाको समापन समेत हुँदैछ ।