रुपन्देहीका ३ क्याम्पसमा किन स्ववियू निर्वाचनको उम्मेदवारी दर्ता भएन् ?

रुपन्देहीका ३ क्याम्पसमा स्ववीयूको निर्वाचनका उम्मेद्वारी दर्ता हुनेको सकेको छैन् । शनिबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहे पनि रुपन्देहीका ३ क्याम्पसमा उम्मेद्वारी दर्ता हुन् नसकेको हो ।

रुपन्देहीमा स्ववियूको निर्वाचन हुने ११ क्याम्पसहरु मध्ये ८ वटामा भने शनिवार शान्तिपूर्ण रुपमा उम्मेद्वारी दर्ता भएको छ । लुृम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पसमा उम्मेद्वारी दर्ता भएको छैन् । यस्तै बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, देवदह आर्दश बहुमुखी क्याम्पस, सहिद नारायण पोखरेल रामापुर क्याम्पस, हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र सरस्वती संस्कृति क्याम्पसमा भने स्ववीयु निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसमा संगठन तथा समुहलाई निर्वाचनमा सहभागि हुन बन्देज लगाएको, निर्वाचन आचार संहिता निर्वाचन समितिले कार्यान्वयन गर्न गराउन नसकेको, निर्वाचनको नाममा फर्जि प्रवेश परीक्षा गराई भर्ना गरेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारी ६ विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरे पछि उम्मेद्वारी दर्ता हुन् नसकको हो । उनीहरुले छानविन समिति गठन गरी निष्पक्ष छानविन गर्न माग गर्दै सबै संगठनको सहमतिमा नयाँ निर्वाचन तालिका प्रकाशन गर्न माग गरेका छन् ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अखिल छैँठोले आफुहरुलाई संघगठन दर्ता गर्न नदिएको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । यस्तै मतदाता नामावली उपर परेको दाबी विरोध पछिको नयाँ मतदाता नामावली सार्वजनिक नगरेर क्याम्पस प्रशासन भागेको अखिल क्रान्तिकारी लगायतका संघगठनले विरोध गरे पछि उम्मेद्वारी दर्ता हुन सकेन्।

राममणि बहुमुखी क्याम्पसमा नेकपा एस निकट अनेरास्ववीयुले तालाबन्दी गरे पछि उम्मेद्वारी हुन सकेन् । त्रिभुवन विश्वविद्यालयको निर्देशिका अनुसार फागुन ४ गतेसम्म भर्ना भएकाले मात्रै मतदान गर्न पाउने भए निर्वाचन अधिकृतको कार्यालयले फागुन १८ गतेसम्म भर्ना भएकाहरुको समेत मतदाता नामावली सार्वजनिक गरिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । फागुन ४ गतेसम्म भर्ना भएकाहरुको मतदाता नामावली सार्वजनिक गरी निर्वाचन पक्रिया अघि बढाउन माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation