रुपन्देहीका विद्यार्थी संगठनहरुले स्ववियू निर्बाचनमा सम्मानजनक प्रतिस्पर्धा गर्ने

रुपन्देहीमा कृयाशिल विद्यार्थी संगठनहरुले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचनलाई शान्तिपुर्ण र मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । सात वटा विद्यार्थी संगठन तथा समुहहरुका अध्यक्षहरुले ७ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आपसमा आरोप प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने र सम्मानजनक व्यबहार गर्ने बताएका हुन ।

चाँदनी नेपाल र सामाजिक परिबर्तन केन्द्रले संयुक्त रुपमा बुटवलमा बुधबार आयोजना गरेको संबाद कार्यक्रममा आफ्ना विचार, घोषणापत्र र एजेण्डा खुल्ला रुपमा मतदाता विद्यार्थी समक्ष राख्ने र बहस गर्ने वातावरणमा अबरोध श्रृजना नगर्ने बताउदै उनीहरुले मतदाताले रोजेको संगठन र उम्मेदवारलाइ मतदान गर्ने हकको संरक्षण र सुनिश्चितताप्रति संवेदनशील रहेको प्रतिबद्धता व्यक्त गरेका हुन ।

अनेरास्वबियुका अध्यक्ष शेषकान्त पोखरेल, नेपाल बिद्यार्थी संघका सभापति सन्दिप पाण्डे, अखिल (क्रान्तिकारी) का अध्यक्ष कपिल चापागाई, अखिल (क्रान्तिकारी) बहुमतका अध्यक्ष पारस राहादी मगर, अखिल छैठौका अध्यक्ष सागर बेल्वासे , अखिल (क्रान्तिकारी ) बिप्लवका अध्यक्ष पदम पराजुली र राष्ट्रिय स्वतन्त्र विद्यार्थी समुहका अध्यक्ष बरन्यम राज गौतमले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा विद्यार्थी संगठनका उम्मेदवारहरुले आयोजना गरेको सभा, वैठक, भेला जस्ता कार्यक्रमलाइ बिथोल्ने वा वाधा अवरोध पु¥याउने कार्य जिल्लाभरी हुन नदिने उल्लेख गरिएको छ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख मोहनराज जोशी, राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश कार्यालयका अधिकृत दिपक ठाकुर, बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा खिमानन्द न्यौपाने, निर्बाचन अधिकृत कुलानन्द पाण्डे, यज्ञोदय बहुमुखी क्याम्पस फर्साटिकरका प्रमुख टंक पौडेल, निर्बाचन अधिकृत भिमप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, संवाद सहजकर्ताहरु हुमराज भुसाल, प्रेम परियार, समिक्षा बलाल लगाएतले बोल्दै स्वबियू निर्बाचनलाई शान्त, भयरहित र निश्पक्ष बनाउनका लागि बिद्यार्थी संगठन, क्याम्पस प्रशासन तथा निर्बाचन समितिको समन्वयात्मक भुमिका महत्वपुर्ण हुने भएकाले संयमता अपनाउदै जिम्मेवारी पुरा गर्नुपर्ने आवश्यकता रहेको बताए ।रुपन्देहीका ४ आंगिक र १३ सामुदायिक गरि १७ क्याम्पसमा चैत्र ५ गते स्वबियु निर्बाचन हुने तयारी भएपनि ७ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दि गरेका कारण निर्वाचन अन्यौलमा रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation