नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित आउट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।

नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भए । उनलाई आयान खानले १६ रनमा क्याच आउट गराए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation