भुमि अधिकार तथा श्रमिक संगठन रुपन्देहीको प्रथम अधिवेशन सप्पन्न

भुमि अधिकार तथा श्रमिक संगठन रुपन्देहीको प्रथम अधिवेशन कञ्चनमा सम्पन्न भएको छ। अधिवेशनबाट देवदहका टेकबहादुर थापा मगरको अध्यक्षतामा ३५ सदस्यिय भुमि अधिकार तथा श्रमिक संगठन जिल्ला समिति रुपन्देहीको पुनः गठन गरिएको छ।

 

प्रथम अधिवेशनले उपाध्यक्षमा कञ्चनका भानुभक्त ढकाल र सैनामैनाका रेनुकान्त गौतमलाई निर्वाचित गरेको छ भने सचिवमा बुटवलका युवराज राना मगर तथा दुई उपसचिवमा समिर अहमद र चन्द्र प्रसाद गौचनलाई निर्वाचित गरेको छ । यस्तै कोषाध्यक्षमा कञ्चनका रेनु कुवँरलाई निर्वाचित गरेको संगठनका पुर्व सचिव शंकर आचार्यले जानकारी दिनुभएको छअधिवेशनबाट नेत्र राना मगर, सूर्य बहादुर रेगामी, प्रकाश गैरे, उषा गिरी, बुधे बोहोरा, बिन्दु विक, भिम बहादुर केसी, राजेन्द्र घर्ति मगर, कविराज ढकाल, शोभाखर आचार्य, अञ्जली बर्देवा, चुणामणी सुवेदी, धन बहादुर पुन, कर्ण बहादुर बलाल, बज्र सिंह विक, कमला विष्ट, नारायण अधिकारी, दि बहादुर क्षेत्री, कुन्ता खाम्चा, रुपा अधिकारी, ओम सारु मगर, हिरा भुजेल, लिला सुनार, गुप्त बहादुर शाही, चित्र बहादुर बोहोरा, तिर्थ प्रसाद भुसाल, सुखराज लोध र छेंदी लोध संगठनको जिल्ला सदस्यमा निर्वाचित भएका छन ।

 

प्रथम अधिवेशनलाई सम्बोधन गर्दै संगठनका केन्द्रिय सदस्य कमल गौतमले भुमिहिन तथा सुकुमवासीहरुको समस्या समाधानमा वर्तमान सरकारले कुनै चासो नदेखाएको टिप्पणी गर्नुभयोभुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अब्यबस्थित बसोबासीहरुको समस्या सदाका लागि समाधान गर्ने दल भनेको नेकपा एमाले भएको उल्लेख गर्दै केन्द्रिय सदस्य गौतमले सम्पुर्ण भुमि समस्या सम्बनधी समस्या समाधानका लागि उच्चस्तरिय आयोग गठन गरी तिव्र रुपमा काम गर्न लागिरहेको बेलामा नेपाली कांग्रेस, माओवादी लगायतका दलहरुले एमालेको सरकार ढलाएर जनघाती कार्य गरेको समेत आरोप लगाउनुभयो ।

 

भुमि अधिकार तथा श्रमिक संगठन रुपन्देहीका अध्यक्ष नरेन्द्र दर्जीको अध्यक्षता तथा अखिल नेपाल किसान संघ रुपन्देहीको सदस्य चिन्तामणी न्यौपानेको स्वागतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भुमि अधिकार तथा श्रमिक संगठन रुपन्देहीका सचिव शंकर आचार्यले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation