जातीय विभेदको जड दण्डहीनता भएको भन्दै सैनामैनामा प्रदर्शन

सैनामैना दलित उत्थान समितिले ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस आज (मंगलवार) मनाइएको छ । ‘समानता, सदभाव र एकता’ भन्ने मुल नारा सहित सैनामैनाको सालझण्डी चोकमा व्यानर तथा पेलेकार्ड पर्दशन, मैनवत्ती बालि दिउसैं उज्यालोको खोजी गरी, करिव १० मिनेट मौन कोण सभा गरेर मनाएको हो ।

जातिय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएता पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेको भन्दै दिउसैं मैनवत्ती बालेर न्याय र उज्यालोको खोजी गरेको सैनामैना दलित उत्थान समिति अध्यक्ष अम्विका परियारले बताउनु भयो । यस्तै पटक पटक सरकारी निकायमा जातिय भेदभाव विरुद्धका अवाज पुराएपनि सरकारी निकायले नसुनेको भन्दै १० मिनेट मौन बसी सांङ्केतीक विरोध गरेको उहाको भनाई छ ।

सैनामैना दलित उत्थान समिति अध्यक्ष अम्विका परियारको अध्यक्षतामा सैनामैना दलित उत्थान समिति उपाध्यक्ष जयलाल वि.क. कोषाध्यक्ष माया रसाइली, सैनामैना नगरपालिका सुचना अधिकारी सिता गौतम, कार्यपालिका सदस्य डोल बहादुर सिन्धौली, वडा सदस्य, जमुना पुन सुनार, विष्णु कुमारी वि.क, गोरखनाथ सामुदायिक सिकाई केन्द्र अध्यक्ष लता खड्का, सैनामेना दलित उत्थान समिति सल्लाहकार सन्तोष परियार, मित्र बुडाथोकी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा सुरक्षाकर्मीको उपस्थितीमा सस्थाका महासचिव समुन्द्र मित्रकोटीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

२०६२/६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६८ साल जेष्ठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation