एमालेको ग्रासरुट अभियान चलिरहेकै बेला, रुपन्देहीका गौतम माओबादीमा प्रवेश

नेकपा एमाले निकट युवा सघ रुपन्देही जिल्ला सदस्य बिक्रम गौतम नेकपा एमाले पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन ।

आज सनिबार सैनामैना वडा न:६, निवासी गौतम माओबादी केन्द्रमा प्रबेस गरेका हुन । नेकपा माओबादी केन्द्रमा प्रवेश गर्दै उनले भने, एमालेमा चरम अवसरबाद हाबी भयको, जनतामाझ झुटको खेती गर्ने गरेको भन्दै गणतन्त्रको रछ्या गर्ने पार्टी माओबादी भयको भन्दै सबै इमान्दार नेता कार्यकर्ता अब माओबादी केन्द्रमा गोलबन्द हुन आग्रह गरे ।
उनलाइ पार्टी प्रवेश गराउन नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य भोला बस्याल, दिपिका शर्मा, क्षेत्रीय सचिब रोमनाथ न्यौपाने, सैनामैना नगर अध्यक्ष नारायण महत्त, सचिब दिपक भण्डारी, उपाध्यक्ष राजेन्द्र घिमिरे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
एमालेको केन्द्रिय कार्यक्रम मिसन ग्रासरुट अभियान चलेकै बेला उनी प्रवेश गर्नुलाइ अर्थपूर्ण रुपमा लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation