
सैनामैनामा उधोगी र ब्यवसायीहरुको नगर संञ्जालको आयोजनामा उधोग, ब्यवसायी प्रति सरकारको उदासिनता तथा वित्तिय संस्थाको आंतक विरुद्ध आज बिहान सैनामैनामा विरोध प्रदर्शन गरिएको हो ।
सैनामैना नगरपालिकामा रहेका सैनामैना उधोग वाणिज्य संघ, सैनामैना ब्यापार संघ, सैनामैना उधोग ब्यापार संगठन, उपभोक्ता हित संरक्षण मञ्च, सैनामैना होटल तथा रेष्टुरण्ट ब्यवसायी, हाटबजार ब्यवसायी, सैनामैना हार्डवियर ब्यवसायी संघ, सैनामैना पुस्तक ब्यवसायी संघ, सैनामैना शैलुन ब्यवसायी संघ, सैनामैना ब्युटिसियन संघ, सैनामैना मदिरा ब्यवसायी संघ, सैनामैना निर्माण ब्यवसायी संघ, नेपाल पशुपन्छी औषधी संघ, सुनचाँदी ब्यवसायी संघ, साना तथा घरेलु उधोग महांसघ, पश्चिम ज्यालादारी मिल ब्यवसायी संघ, सैनामैना विधुत ब्यवसायी संघ लगायतको संयुक्त उपस्थितिमा विरोध कार्यक्रम भएको हो ।
कार्यक्रममा प्ले कार्ड लिदै दोहोरो कर खारेज गरौँ, बैकको चर्को ब्याजदर नियन्त्रण गरौँ, आर्थिक मन्दिसंगै ब्यवसायमा आएको गिरावटमा सहयोग स्वरुप सटर भाडामा छुट गरौँ, ब्यवसाय प्रवद्र्धन गरौँ जस्ता नारा लगाएका थिए । साथै, विभिन्न माग राख्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको छ । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन चर्कोउने सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काले जानकारी दिए ।