नेपाली कॉंग्रेस लुम्बिनी नगर समितिको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली कॉंग्रेस लुम्बिनी नगर समितिको प्रथम नगर सम्मेलन सोमवार सम्पन्न भएको छ ।
सम्मेलनको उदघाटन गर्दै नेपाली कॉंग्रेस रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले नेपाली कांग्रेसका नेता भरतकुमार शाहको विकासप्रतिको अभियानले यस क्षेत्रको विकासमा ठूलो परिवर्तन आएको बताउनु भयो । उहाँले क्षेत्र नं. ५ को कांग्रेसको संगठन निर्माणमा सवै नेता र कार्यकर्ताको सामूहिक एकतामा जोड दिदै एकताबाट मात्रै नेपाली कांग्रेस बलियो हुने उल्लेख गर्नुभयो ।
त्यसैगरी सम्मेलन उदघाटन सत्रको सभापतित्व गर्नुभएका नेपाली कांग्रेस लुम्विनीका कार्यवाहक सभापति राधेश्याम गुप्ताले लुम्विनी सांस्कृतिक नगरपालिकामा कांग्रेसको संगठनलाई अझै मजबुत बनाउन सवै नेता कार्यकर्ताहरु एक भएर अघि बढ्नुपर्ने बताउनु भयो ।
सम्मेलनका अवसरमा रुपन्देही नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ ख का सभापति विन्दराम यादव, वडा सभापति र सदस्यहरुले बोल्दै कांग्रेसलाई अझै एकताबद्ध बनाएर संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेश लुम्विनी सांस्कृतिक नगरपालिकाको आधिकारीक नगर सम्मेलन भब्यरुपमा सम्पन्न भएको नगर सचिब राजन उपाध्यायले बताए ।
सम्मेलनमा लुम्विनी सांस्कृतिकका वार्ड नं.१ देखि १३ नम्बरका बुथ सभापति र नगर सदस्यहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation