राम्रो पढाई हुने सैनामैनाका सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण

पढाईको गुणस्तर नभएको भन्दै सामुदायीक विद्यालयमा विद्यार्थीको अभाव हुने गर्छ ।  तर, अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने सैनामैनाको पर्रोहा माध्यमिक विद्यालयले भने सामुदायीक विद्यालयमा आकर्षण छ भन्ने सावित गरेको छ ।

 

विद्यालयमा विद्यार्थीको चाप थेग्न नसक्ने अवस्था भएपछि अब आउने शैक्षिक सत्रमा बिकल्प खोज्नुपर्ने अवस्था आउने प्रधानाध्यापक बल बहादुर केसिले बताए । उनका अनुसार विद्यालयमा नेपाली र अंग्रेजी माध्यममा पढ्ने एक हजार चार सय विद्यार्थी छन् । उनीहरुलाई पढाउन पर्याप्त शिक्षक र भवन नहुँदा विद्यार्थी भर्ना गर्न नसकिएको केसिले बताए ।

धेरै सामुदायीक विद्यालमा विद्यार्थीको आकर्षण बढ्नुमा राम्रो व्यबस्थापन र राम्रो पढाइ नै भएको बताए । सैनामैना नगरपालिका भित्र सत्र वटा सामुदायिक र सत्र वटा निजि स्कुलहरु छन् ।  तै पनि पछिल्लो ४÷५ वर्ष यता विद्यार्थी संख्या निजि क्षेत्रमा भन्दा सामुदायीक विद्यालमा आकर्षण बढ्दो क्रममा रहेको छ ।

 

पछिल्लो समय चर्को शुल्क असुलेर शिक्षा प्रदान गर्ने निजी विद्यालयहरुलाई समेत पछि पार्ने गरि सैनामैनाका सामुदायीक विद्यालयहरुले नतिजा हासिल गरिरहेका हुन । केही विद्यालयहरुको नतिजा कमजोर भएपनि अधिकांश सामुदायीक विद्यालयले राम्रो नतिजा ल्याएको भन्दै एक पछि अर्को फड्को मारिरहेका छन् ।

प्रयास गरे सम्भव हुने प्रधानाध्यापक बल बहादुर केसि बताउछन् ।

सैनामैनामा रहेको सैनामैना नमुना माध्यामीक बिद्यालय पनि राम्रो नतिजा ल्याउने विद्यालयमा पर्छ । शिक्षक, विद्यार्थी र अभिभावको संयुक्त प्रयासले राम्रो नजिता आइरहेको प्रधानाध्यापक नेत्र पुरी बताउँछन् ।

सैनामैनाकै रामापुर माध्यमिक बिद्यालय पनि राम्रो नतिजा ल्याउने सामुदायीक बिद्यालयमा पर्छ । रामापुरका प्रधानाध्यापक कृष्ण पौडेल पनि विद्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको प्रयासले नै राम्रो नतिजा आइरहेको दावी गर्छन् ।

सैनामैनाकै पशुपति माध्यमिक विद्यालय यो विद्यालयको नतिजा पनि राम्रै मानिन्छ । यो विद्यालयले पनि २०७३ सालदेखी राम्रै नतिजा ल्याइरहेको छ । यस विद्यालयका प्रधानाध्यापक हरि थापा पनि विद्यार्थी र अभिभावककै कारण राम्रो नतिजा आइरहेको भन्न पछि पर्दैनन् ।

यसैगरी सैनामैनामै रहेको दुर्गा भवानि माध्यमिक विद्यालय पनि गरिबीको चपेटामा परेका र साझ बिहान श्रम गरेर खाने  विद्यार्थी पढाउने बिद्यालयकै रुपमा परिचित छ । तर रिजल्ट भने सर्वोकृष्ट छ । यसो हुनुमा कुशल व्यवस्थापकीय पाटो नै रहेको प्रधानाध्यापक तुल्सी राम शर्मा वाग्ले बताउनुहुन्छ ।

 

आम बुझाइमा सामुदायी विद्यालयको शैक्षिक गुणस्तार राम्रो छैन । तर, सैनामैनाका केही विद्यालयहरुले भने यी मान्यताहरु भत्काइदिएका छन् । लगातारको राम्रो नतिजाले सैनामैनाका सामुदायीक विद्यालयहरुमा विद्यार्थीको उपस्थिति बढ्दो छ । यी विद्यालयहरुमा अभिभावक र विद्यार्थीको नजर पर्न थालेको छ ।

 

यसरी हेर्दा सैनामैनाका सामुदायीक विद्यालयहरुले शिक्षामा सरोकार राख्ने सबैलाई खुशी तुल्याएका छन् । नतिजाको आधारमा हेर्दा सैनामैनाका केही विद्यालय सुधारको लयमा देखिन्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation