जसपा पुग्यो सरकारी वकिलको कार्यालय :अपहरण प्रकरणको उजुरी

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणमा उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका छन् ।

यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । 

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ । 

नेताहरु उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायत सरकारी वकिलको कार्यालय पुगेको सो पार्टीका नेता केशव झाले जनाएका छन् ।

उनीहरुसँग अपहरणमा परेका भनिएका डा. यादवपनि बबरमहलस्थित कार्यालय पुगेका छन् ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा. यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation