
सुमित्रा तरामु, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीलाई मध्यनजरगर्दै जेठ २२ गतेदेखी २४ गते सम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिए ।
केहि दिन यताअत्याधिक गर्मी बढेको हुदा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले सैनामैना नगरभित्रका सम्पुर्ण बिद्यालयहरु तत्कालका लागि तीन दिन वन्द गरिने भएपनि त्यसपछि पनि यस्तै अवस्था रहे थप गर्न सकिने अर्यालले बताए ।