
उज्यालो पोष्ट, सैनामैना । दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिविजन कार्यालय योगीकुटीका प्रमुख आजित हुसेन मिया ठकुराईको प्रमुख अथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आजित हुसेन मिया ठकुराईले सफा र स्वस्थ खानेपानिको लागि सधै अघि बडिरहेको बताए । संस्थाले सधै गुणस्तरीय पानि उपभोक्तालाई उपलब्ध गराउर्नु पर्ने बताउदै खानेपानीमा कार्यरत कर्मचारीमा प्राविधिक ज्ञान हुनु पर्नेमा जोड दिए । प्राविधिक ज्ञान नहुँदा विभिन्न समस्याहरु आउने बताउदै, तालिमको माग भई आएमा डिविजन कार्यलय बुटवलले तालिमको समेत ब्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै १५ सय मिटर पाइपको अभावमा खानेपानीबाट बन्चित करिव २५० घर धुरीलाई भोलीबाटै पाईपलाईन विस्तार गर्न आग्रह गर्दै डिविजन कार्यलयले थप पाइप दिने बताए ।
कार्यक्रममा सस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसले सस्थाको प्रतिवेदन तथा भावि योजनाबारे जानकारी गराएका थिए । हाल यस दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थामा ८२६ घर धुरी रहेको छ भने ४१३० जनसंख्या खानेपानीबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । यस सस्थाको लागानीमा अति विपन्न ३२ घर परिवारलाई सरकारको एक घर एक धाराको निति अनुरुप निशुल्क धारा जडान गरी सेवा प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै कन्चन गाउँपालिकाका निबर्तमान उपाध्यक्ष गोमा तरामु, कन्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारु, कन्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन लगायत त्यस क्षेत्रका विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुले सस्थाको उन्नयनका लागि साथ दिने प्रतिबद्धता जनाए ।
खगी सुनाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका लेखा संयोजक ओम बहादुर तरामुले गरेका थिए ।