
सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८०र८१ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको तेह्रौ नगरसभाले बिहिवार आगामी वर्षका लागी निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सैनामैनाको समृद्धिको आधार उत्पादन,पर्यटन र पूर्वाधार भन्ने नारालाई साकार पार्नका लागि विविध नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ । निति तथा कार्यक्रममा बढि पुर्वाधार विकासलाई जोड दिइएको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले प्रस्तुत गरेको निति तथा कार्यक्रममा अन्य के–के छन,यो हेर्नुहोस् ।
सैनामैना नगरपालिकामा बसोबास गरिरहेका अशक्त भएका व्यक्ति, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अति गरिव तथा विपन्न व्यक्तिहरुलाई स्वास्थ्य सेवा लिनको लागि नगर भित्र र रुपन्देही जिल्ला भित्रका अन्य स्वास्थ्य संस्थामा जानुपर्ने भएमा निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
“कोख देखि शोकसम्म नगर सरकार” भन्ने नीतिलाई अवलम्वन गर्दै घरमै सुत्केरी हुने दरलाई कम गरी मातृ तथा शिशु मृत्युदर कम गर्न स्वास्थ्य संस्थामा सुत्केरी हुनलाई प्रोत्साहन तथा सुत्केरी र नवजात शिशुको पोषण तथा सरसफाई प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
प्रत्येक वडामा महिनाको एक पटक किसानसंग प्राविधिक घुम्ती कार्यक्रम सन्चालन गरिनेछ ।
नगर भित्र निर्माण हुने क र ख बर्गका भवन र १५ धुर माथि क्षेत्रफलमा बन्ने सबै बर्गका भवनहरुमा बर्षादको पानी सोझै ढल वा नालीमा नमिसाई पुनर्भरण पठाउने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
शहरी सौन्दर्य र हराभरा नगर बनाउन एक घर दुई विरुवाको अवधारणालाई निरन्तरता दिई नक्सापास प्रकृयासंग आवद्ध गरिनेछ ।
नगर भित्रका मुख्य सडकहरु मुर्गिया,लुम्बिनी सडक, कलौनी( लुम्बिनी सडक, सैनामैना चक्रपथ, सैनामैना मेजर सडक, सालझण्डी( ढोरपाटन सडक, रानिवगिया( वोलवम सडकजस्ता ठूला तथा महत्वपुर्ण सडकहरुमा वातावरणीय सुन्दरताका निम्ति सुगन्धित सदावहार फुल्ने विरुवा रोपी ग्रीनबेल्ट निर्माण गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
शहरी सौन्दर्यता समेत अभिवृद्धि गर्न स्मार्ट सडक वत्ती जडान गरिनेछ ।
विस्तारै घट्दै गएको भूमिगत पानीको सतह पुनर्भरण गरी माथि ल्याउन तथा पर्यावरण संरक्षण गर्न एक वडा एक पोखरी निर्माण गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।ऐतिहासिक महत्वका कुवाहरुको संरक्षण तथा पोखरीको समेत विस्तार गर्दै सिंचाईलाई समेत टेवा पुग्ने गरी पर्यटकीय प्रवर्धन गरिनेछ र ठुला पोखरीमा फिसिङ् स्टेसन राखिने व्यवस्था मिलाईनेछ ।
स्वस्थ नागरिक, स्वस्थ नगर भन्ने नीतिलाई अंगिकार गरी एक वडा एक खुला व्यायमशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
सदियौ देखि बसोवास गर्दै आएका आदिवासी थारु सामुदायहरुको पहिचान, सँस्कति र सँस्कारलाई समेत असर नपर्ने गरी थारु गाउँमा रहेका सडकको दायाँवायाँ ढल निकास र टायल विछ्याउने कार्य मार्फत वातावरणमैत्री उज्यालो नमूना गाउँ कार्यक्रमलाई थप विस्तार गरिनेछ ।
विपन्न समुदायका फुस तथा खरका छाना भएका आवासलाई जस्तापाताको छानाले प्रतिस्थापन गर्दै लगिनेछ ।
राष्ट्रिय राजनीतिमा अमुल्य योगदान पुर्याउनु भएका स्व। विपि कोईराला र स्व। पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा तारवार सहितको वृक्षारोपण कार्यक्रमलाई थप प्रभावकारी वनाउदै लगिनेछ ।