एमालेको अवरोधपछि कर्णाली प्रदेश सभा बिहीबारसम्मलाई स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेश सभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी एमालेले दिएको छ ।

बुधबार प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची थियो । तर बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले समय लिएर बोल्दै अर्थमन्त्रीले पैत्रिक सम्पत्ति बाँडे जसरी बजेट बाँडेको आरोप लगाए ।

 

उनले बजेट संशोधन नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने अडान लिए । त्यसपछि सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित गरे ।

त्यसपछि बैठक पुन सुरु नै हुन नसकेपछि प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation