२१ गतेसम्म तयारी सक्न संसद सचिवालयलाई सरकारको आग्रह

१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको छ । भेटमा सभामुख? सापकोटाले जतिसक्दो छिटो अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ 

होमपेज /समाचार /प्रमुख समाचारसंसद बैठकको तयारी :

वैशाख अन्तिम साता बजेट अधिवेशन, जेठ पहिलो साता नीति तथा कार्यक्रम

२१ गतेसम्म तयारी सक्न संसद सचिवालयलाई सरकारको आग्रह

 रघुनाथ बजगाईं२०७७ वैशाख १८ गते ६:३० मा प्रकाशित2प्रतिक्रिया1KSHARESViberMessenger

१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको छ । भेटमा सभामुख सापकोटाले जतिसक्दो छिटो अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ ।

सामाजिक दुरी कायम गरेर संसद बैठक चलाउने विषयमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । उनले बुधबार नै संसद भवन नयाँ वानेश्वर पुगेर बैठक कक्षको अवलोकन गरेका छन् ।यो पनि पढ्नुस्संसद भवनमा बजेट अधिवेशनको चटारोप्रधानमन्त्रीले गरे संसद बैठक कक्ष अवलोकनप्रधानमन्त्री र सभामुखबीच भेट, बजेट अधिवेशनबारे छलफल

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । सरकारले संसद अधिवेशन कहिलेका लागि बोलाउने भन्ने घोषणा नगरे पनि वैशाख २१ गतेसम्म संसद भवनमा गर्नुपर्ने तयारी सक्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

वर्षे अधिवेशनमा सामाजिक दूरी कायम गरेर बैठक राख्न संसद सचिवालयले तयारी तीव्र पारेको छ । सचिवालयका अनुसार अब रङ रोगनको काम मात्रै बाँकी छ ।

सचिवालयका अनुसार एउटा पंक्तिमा प्रधानमन्त्रीमात्रै बस्नेछन् । प्रधानमन्त्री बस्ने कुर्सी भन्दा पछाडिको पंक्ति खाली राखिने छ । सभामुख रहने ड्यासमा सामाजिक दुरी कायम हुने गरी स्पेस बढाइएको छ । सांसदहरुलाई वीचमा एउटा कुर्सी छाडेर फराकिलो दुरीमा राखिनेछ ।

‘सरकारका तर्फबाट मैले संसद सचिवालयलाई २१ गतेसम्म सबै तयारी पूरा गर्न भनेको छु । त्यसपछि अधिवेशन बोलाउनेबारे थप छलफल हुन्छ’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले अनलाइनखबरसँग भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation