सैनामैनाको रामापुर क्याम्पसमा कविता वाचन

सैनामैना, श्रवण १९ ।
रुपन्देहीको सैनामैना स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पस र साहित्यीक क्लबको आयोजनामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा अन्जली घिमिरे प्रथम, विशाल पौडेल द्वितिय र गीता पराजुली तृतिय भएका छन् । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा सहभागी गराउने र विद्यार्थीको सहित्य उजागर गराउने उद्देश्यले कार्यक्रम गरिएको क्यापस प्रमुख हेमन्त थापाले बताउनु भयो ।

कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश आचार्यको अध्यक्षता, क्याम्पस प्रमुख हेमबहादुर थापाको प्रमुख आतिथ्यता तथा साहित्यीक क्लबका सदस्य विद्यार्थी शुसिला गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि क्याम्पसले नियमितरुपमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation