
बुटवल । नेपाल माओवादी निकट मुस्लिम मुक्तिमोर्चा नेपालकाे रूपन्देही जिल्ला भेला सम्पन्न भएकाे छ । भैरहवामा सम्पन्न भेलाले माेर्चाकाे फैज अहमद खान संयाेजक र साहिद खान सचिव रहनेगरी ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे माेर्चाले जनाएकाे छ ।
सम्मेलनमा बाेल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्लाहा खानले मुस्लिमहरूकाे मुक्तिका लागि माओवादी जनयुद्धको महत्वपूर्ण भुमिका रहेकाे बताएका छन । जनयुद्धकै कारण मुस्लिम समुदायकाे राज्यका नियामक निकायमा उपस्थिति सम्भव भएकाेउनकाे भनाइ थियाे । सत्ता र सडक दुवै स्थानबाट उत्पिडित समुदायकाे अधिकार प्राप्तिकाे लडाइमा माओवादी सधैँ साथमा रहेकाे उल्लेख गर्दै जनजनमा माओवादी घर घरमा माओवादी अभियानलाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य मक्सुद अलि, लुम्बिनी प्रदेश कमिटी काेषाध्यक्ष निर्दाेश अलि,जिल्ला संयाेजक निर्लम जिसी लगायतले बाेल्दै मुस्लिम समुदायकाे अधिकार सुनिश्चित गर्न सबै मिलेर लाग्नु पर्ने बताए ।।