लुम्बिनी ज्ञाननिकेतनमा कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाइ सम्मान

रूपन्देहीको कञ्चन ५ गरगरेमा अवस्थित कञ्चन गाँउपालिका मै बिज्ञान बिषयमा पढाई हुने एकमात्र श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालय द्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०७९ को कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूका लागि विद्यालयले सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकालले १२ उत्तीर्ण गरेका सबै विद्यार्थीलाई बधाई व्यक्त गर्दै कञ्चन गाँउपालिकामा सञ्चालित हरैया बहुमुखी क्याम्पसमा अध्ययन गर्न आग्रह गरेका छन । श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालयलाई नमुना बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरूले मिहिनेत गरिरहेको बताए ।

त्यस्तै कार्यक्रममा प्रमुख ढकालले उत्तीर्ण विद्यार्थी, सफल शिक्षक र अभिभावक तथा विद्यालय व्यवस्थापन र प्रशासनलाई बधाई ज्ञापन गर्नु भयो । “यो प्रतिस्पर्धाको जमाना हो, उच्च प्रतिस्पर्धाको बाबजुत पनि राम्रो नम्बर ल्याएर पास गर्नु भएकोमा बधाई तथा शुभकामना” उहाँले भन्नु भयो । आगामी दिनमा पनि यसै गरि सफल हुन र आफ्नो अभिभावकहरुको सपना साकार पार्न उहाँले विद्यार्थीलाई आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन र विद्यालय प्रशासनले अथक मेहनत गरिरहेको र शिक्षक, अभिभावक र विद्यार्थीको समेत साथ प्राप्त भएको भन्दै खुसि व्यक्त गर्नु भयो ।
सो अवसरमा बोल्दै बिद्यार्थी निकिता सुवेदीले सानैदेखि मनमा दृढ इच्छा र लगनशीलताले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन् । विद्यालयको सुविधा सम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा, परिवारको साथ र साथीहरुको प्रोत्साहनले उत्कृष्ट नतिजा आएको भन्दै निकिताले दृढ इच्छा शक्ति र निरन्तरको लगनशीलता भए सफलता हासिल हुने बताइन् । कार्यक्रममा उनीसँगै कक्षा १२ को रिजल्टमा उत्कृष्ट नतिजा हासिल ७९ जना गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा कञ्चन गाँउपालिका वडा न ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेल, भैसाही माध्यमिक बिधालयका प्र।अ टिका गिरी, पुर्व शिक्षक एवं हरैया बहुमुखी क्याम्पस प्रमुख प्रकाश खनाल, रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नाम ब के।सी, शिक्षक टोप बहादुर पुन, ९सल्लाहकार० लक्ष्मीकान्त पौडेल, बि।व्या।स।सदस्य तथा वडा न ५ का वडा सदस्य मिना बि।क, पुर्व बि।व्य।स अध्यक्ष बासुदेव दिन पौडेल लगाएतले आगामी दिनहरुमा आफ्नो शिक्षालाई राम्रो बनाएर अध्ययन गर्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज पौडेलको अध्यक्षता, कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यता, विद्यालयका सहायक प्र।अ बाल कृष्ण पराजुलीको स्वागत र विद्यालयका शिक्षक एकराज ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation