बक्तृत्वकला प्रतियोगितामा रामापुर मावि रुपन्देही जिल्ला प्रथम

नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाको आयोजनामा मंगलवार भएको वक्तृत्वकला प्रतियोगितामा सैनामैनाको रामापुर माध्यमिक विद्यालयका छात्र सुबिन घिमिरेले प्रथम स्थान हासिल गर्न सफल भएका छन ।

६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा मनैदेखि सेवा भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा रुपन्देही जिल्लाभरिका २० उपशाखा मध्ये १८ जना विद्यार्थीको सहभागिता रहेको शिक्षक नायक माधव ज्ञवालीले जानकारी दिनुभयो ।

बक्तृत्वकला प्रतियोगिताको शिर्षक डेंगु नियन्त्रण रोकथाममा रेडक्रसको भूमिका रहेको थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सुविन घिमिरेले प्रथम पुरस्कारका साथै मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन भने प्रतियोगितामा दोश्रो, तेश्रो र तेश्रो हुनेलाई पनि पुरस्कारका साथै सान्त्वना भएका दुईजनालाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
यसैबीच रामापुर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेकोमा विद्यार्थी स्ुविन घिमिरेलाई बधाई ज्ञापन गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि अग्रीम शुभकामना दिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले ६१ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । त्यसक्रममा जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation