रामापुर क्याम्पसमा बृहद तीज गीत प्रतियोगिता

 स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा बुधवार बृहद तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सैनामैना ६ रामापुर कलौनीस्थित क्याम्पस प्रांगणमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले तीजको दर खाने नाममा महिना दिन अघिदेखि चेलीबेटीहरु ब्यस्त भैरहेको भन्दै अब दरसंगै महिलाहरुको समस्याका बिषयमा, उत्पीडनका बिषयमा र महिलाहरुको हक अधिकारका बिषयमा समेत बहस पैरवी गर्न र उनीहरुको अवस्थाका बिषयमा समेत सोधखोज गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सम्वोधन गर्र्दै क्याम्पस प्रमुख हेमबहादुर थापाले सहर बजार सवैतीरको बाताबरण तीजमय बन्दै गएको बेला स्वतन्त्र विद्यार्थी युनियनले तीज गीत सम्वन्धि प्रतियोगिता आयोजना गरेर विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्न सहयोग पुगेको बताउनु भयो । तीज गीत प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । जसमा प्रथम सुशीला गौतमको समुह, दोश्रो रोमा अधिकारीको समूह र तेश्रो स्वस्तिका घिमिरे र पुष्पा भट्टराईको टिम भएको थियो । स्ववियू सभापति मनेज बेल्वासेको अध्यक्षता र सचिव शिब न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले दर खाएर नाचगान गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुतीका साथ कार्यक्रमलाई रोचक बनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation