
नेकपा माओवादी केन्द्रका स्थाइ कमिटि सदस्य तथा अभियानका रुपन्देही इन्चार्ज गणेशमान पूनले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन्।
बुधवार लुम्विनिमा आयोजित पहिलो चरणको समिक्षा बैठकलाइ सम्बोधन गर्दै उनले भने, जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत रुपन्देहिको लुम्विनि संस्कृतिक नगरपालिकामा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताए।
‘विगतमा गल्ती कमजोरी भएकै हो’, उनले भने, ‘पार्टी अलमलमा परेकै हो, अलिअलि हामी नेतृत्व बिग्रिएकै हौं। हुँदाहुँदा दुई तिहाईको जनमत र सरकार जोगाउन सकेनौं। यी सबै कमजोरी स्वीकार्छौं र अब आगामी दिनमा यसलाई नहोदोर्याउने वाचासहित सच्चिने प्रण गर्छौ।’
यस्तै कार्यक्रममा माओवादीका प्रदेश सचिवालय सदस्य ताथा अभियानका लुम्विनि सांस्कृतिक नगरपालिका इन्चार्ज हिरा बहादुर रोका (अमर)ले यो अभियान पार्टी र नेता, कार्यकर्ता रुपान्तरणको अभियान पनि भएको बताए। ‘हिजो हामी बिग्रिएकाले जनतासँग माफी माग्ने हो’,उनले भने, ‘यो अभियानसँगै म पनि रुपान्तरण हुने हो । अनि हरेक नेता कार्यकर्ता सबै रुपान्तरण हुने हो।’ उनले जनतामा जाँदा पार्टी र नेतृत्वको आलोचना भए वचन नफर्काई आलोचना सुन्न कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘यो दुस्प्रचारको खण्डन गर्दै आरोपलाई खारेज गर्नुहोला। हामी त देश र जनताको पक्षमा, परिवर्तनको पक्षमा लड्ने योद्धा हौं भनेर बुझाउनुहोला ।’ उनले वलिदान दिएर परिवर्तन आएको तथा दलित, जनजाति, महिला, मधेशी, अल्पसङ्ख्यकलगायतको अधिकारपनि प्राप्त भएको बताए।
अभियानको पा्ररम्भिक चरण निकै उत्साहजनक, संगठन निर्माण भएको, जनता माओवादी तिर आकर्षण बढेको निष्कर्स निकालेको छ । कार्यक्रममा प्रदेश कमिटि सदस्य चन्द्र बहादुर घर्ति, बिक्रम यादव, राज कुमार हरिजन, महम्द हुसेन, अल्ताफ खान, सन्तराम यादव लगायतको उपस्थीति रहेको थियो । महेन्द्र यादवको अध्यक्षता र जयप्रकास श्रीवास्तवको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।