स्वर्गीय बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार पशुपतिलाइ

असलम खान

लुम्बिनीका पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेशी पत्रकार समाज नेपाल रूपन्देहीले लुम्बिनी खबरका धकधइ शाखा प्रमुख तथा प्रेस सेन्टर रुपन्देहीका कोषाध्यक्ष पशुपति यादवलाइ प्रदान गरेको हो ।

मधेशी पत्रकार समाज रूपन्देही शाखाले आयोजना गरेको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि ओमसतिया गाउपालिका प्रमुख मन्जित यादव (सोनु)ले पत्रकार यादवलाइ पुरस्कृत गर्नुभयो । पुरस्कृत यादवलाइ दोसल्ला ओढाएर १० हजार नगद समेत गाउपालिका प्रमुख यादवले हस्तान्तरण गर्नुभएको थियो ।

रुपन्देहीमा रहि विभिन्न सञ्चारमाध्यममा काम गरेका स्व. बिन्दु चौहानलाई यस पछिका पुस्ताले समेत उहाँको योगदान सम्झिने गरि पुरस्कारको स्थापना गरिएको भन्दै मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले जानकारी दिनु भयोको थियोे । यसले मधेश क्षेत्रमा रहेका पत्रकारहरुलाई थप सशक्त पार्ने बताउनुभयो ।

प्रदेश अध्यक्ष चौधरीले स्व.बिन्दु चौहानले रुपन्देहीको पत्रकारीता क्षेत्रमा जोखिम मोल्दै पुर्याउनु भएको योगदान बारे चर्चा गर्नुभएको थिए। उहाँले स्व.चौहानको निडर छबि र कार्य कुशलताको सराहना गर्दै इतिहासले उहाँलाई सम्मान गर्नैपर्ने बताउनु भयो । सो अवसरमा स्व. चौहानको कष्टपूर्ण पत्रकारिता यात्राको उहाँले स्मरण गर्नुभयो ।
कोभिड महामारीका कारण २०७८ भदौ २९ गते देहान्त हुनुभएका स्वर्गीय चौहानको स्मृतिमा गत वर्ष स्थापना गरिएको पत्रकारिता पुरस्कार रूपन्देहीमा रही पत्रकारिता गर्ने एकजना मधेशी पत्रकारलाई प्रदान गर्दै आएको समाजका जिल्ला अध्यक्ष राधेश्याम बिश्वकर्माले बताउनुभयो । गतबर्ष २०७९मा भैरहवाका पत्रकार मोहम्मद हबिबलाई सो पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो ।

समाजका जिल्ला सचिव हृदयराम गुप्ताको संचालनमा रूपन्देहीको ओमसतिया गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, तथा स्व. पत्रकार बिन्दु कुमार चौहानका छोरा अमित चौहान, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation