युवा र जनप्रतिनिधीले अनाथ आश्रममा गरे रङ्गरोगन

तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ मा रहेकाे नेपाल अविनास आश्रममा युवाहरू तथा जनप्रतिनिधिहरू मिलेर संयुक्त रुपमा रङरोगन गरेका छन् ।

सानो सानो काम र सहयोगले पनि समाज रूपान्तरण गर्न सहयोग पुग्छ भन्ने विस्वासले आश्रममा रङरोगन गरेको स्थानीय यूवा मैत्री शासन अभियन्ता जीवन पाण्डेले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य एबम सामाजिक बिकास समिती संयोजक रबि सेञ्चुरी, कार्यपालिका सदस्य नरबहादुर छन्त्याल, स्थानिय युवामैत्री शासन अभियन्ता जीवन पाण्डे, दीपक पुन लगायतका युवाहरुले रङरोगन सम्पन्न गरेका हुन् । यसअघी पनि संविधान दिवसकाे अबसरमा उक्त समूहले किताब र कापीकलम वितरण गरेका थिए। आगामी दिनमा पनि अभियानलाई अगाडि बढाउने अभियन्ता जीवन पाण्डेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation