हाजिरीजवाफमा जिल्ला प्रथम विद्यार्थीलाई रामापुर क्याम्पसको सम्मान

सहिद नारायण पोखरेल रामापुर क्याम्पसले शुक्रबार आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सम्मान गरेका छ । अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका क्याम्पसका विद्यार्थीहरु अमिसा गौतम, प्रशिद्ध भट्टराई र शुक्रराज शर्मालाई क्याम्पस प्रमुख हेम बहादुर थापा, उप प्रध्यापक प्रकाश आचार्य, यदुलाल पन्थ, प्रकाशमणी खनाल, विष्णु अर्याल, क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिका स्ववियु सभापति मनोज बेल्वासे लगायतले मायाको चिनो सहित अबिर र खादा लगाएर सम्मान गरेका थिए ।

लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा गत असोज ५ गते बुटवलमा अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको थियो । जिल्लाका २० सहभागी क्याम्पसहरुलाई पछि पार्दै रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पस जिल्ला प्रथम भएको हो । प्रतियोगितामा सहभागि विद्याथीहरुलाई आगामि दिनमा प्रदेश र केन्द्रमा हुने कार्यक्रममा पनि सहभागी भएर सफल हुन र क्याम्पसको नाम राख्न अझै मेहनत गर्ने प्रेरणा मिल्ने भन्दैे शुभकामना सहित क्याम्पसले सम्मान गरेको हो ।

कार्यक्रममा वोल्दै क्याम्पस प्रमुख हेम बहादुर थापाले विद्यार्थीहरुको मेहनतले यति ठुलो सफलता हात पार्न सफल भएकोमा खुसी व्यक्त गर्दै तिनै जना विद्यार्थीलाई धन्यवाद दिनुभयो । आगामी दिनमा अन्य विधाहरु साहित्य, गायन, नृत्य, खेलकुद क्षेत्रमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यस्तै सफलता हात पारी क्याम्पसको नाम राख्न विद्यार्थीहरु लागी पर्ने भन्र्दै आफुले त्यो सपना देखेको बताउनुभयो । उप–प्रध्यापक प्रकाशमणी खनालले जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा भाग लिएर क्याम्पसको नाम र जिल्लामा रेकर्ड राख्न सफल भएको भन्दै सहभागि विद्यार्थीहरुलाई धन्यवाद दिनुभयोे । उप प्रध्यापक यदुलाल पन्थले पनि सहभागि विद्यार्थीहरुलाई धन्यवाद सहित आगामी दिनमा थप सफलताको शुभकामना दिदै कविता वाचन गरेर विद्यार्थीलाई मनोरन्जन प्रदान गर्नुभएको थियो ।

 

क्याम्पस सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता क्याम्पस उप प्रध्यापक पकाश आचार्यले गर्नुभएको हो । क्याम्पस प्रमुख हेमवहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको स्वागत मन्तव्य गणेश पोख्रेलले गर्नुभएको थियो । कार्यक्रम अपेक्षा तिमिल्सेना र सोविता आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्याथीहरुले विच विचमा कविता तथा गीत गाएर कार्यक्रमलाई थप आर्कषण वनाएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation