जनकल्याण माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

सैनामैना नगरपालिका ६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्मान तथा एसएलसी (SLC) र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सप्पन्न भएको छ ।

कक्षा १२ का विद्यार्थीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् । कक्षा १२ कि छात्रा अञ्जली कुमालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोख्रेलको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पोख्रेलको विशिस्ट आतिथ्यता रहेको थियो ।
नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विधालयको नाम उच्च राख्दै देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न विधार्थिहरुलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल पोख्रेलले शुभकामना दिनुभयो ।

शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीलाई हरेकक्षेत्रमा अब्बल बनाउनतर्फ विधालय अग्रसर रहेको प्रधानाध्यापक अर्जुन प्रसाद पोख्रेलले बताउनुभयो। यस विधालयमा अध्ययन गरेका विद्यार्थीहरु पेसागत व्यावसायिक र शैक्षिक रुपमा अब्बल साबित बन्दै आएको सुनाउदै विधालयमा कक्षा ११ र १२ मा कानुन विषय अध्यापन हुने भएकाले पछिल्लो समय विद्यार्थीहरुको रोजाईमा पर्दै गएको प्रधानाध्यापक पोख्रेलले दाबी गर्नुभयो ।
विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation