रेडियो सैनामैनाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०८० असोज २०
रेडियो सैनामैनाले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ ।

लामो समयदेखि आवाज विहिनहरुको आवाज बनिरहेको सैनामैना नगरपालिका -६ मा रहेको सामुदायिक रेडियो सैनामैनाले विजया दशमी, शुभदिपावली, छठपर्व २०८० एवम् नेपाल संवत ११४४ को अवसरमा रेडियोका शेयरधनी र सरोकारवालाहरुका माझमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गरेको हो ।

सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको सभा हलमा भएको कार्यक्रम रेडियो सैनामैना संचालक समितिका अध्यक्ष कमला न्यौपानेको अध्यक्षता सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा रेडियोका संस्थापक अध्यक्ष लाल प्रसाद पङ्गेनी (कृष्ण) काे विशिष्ट आतिथ्यतामा शुभकामना आदानप्रदान गरिएको हो ।

सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सवैको साझा आवाज बन्न रेडियोलाई शुभकामना दिनुभयो ।
उहाँले रेडियो सैनामैना सञ्चार क्षेत्रको एक बलियो आधार रहेकोले ग्रामिण भेगका नागरिकको आवाज बुलन्द गर्नुपर्ने जाेड दिनुभयाे ।

मेयर शर्माले नगरको समृद्ध विकासका लागि नगरपालिका सधै रेडियो सङ्ग सहकार्य गरी अगाडी बढ्ने कुरा बताउँदै बिजया दशमी, शुभदिपावली तथा छठपर्वकाे शुभकामना व्यक्त गर्नुभयो ।

रेडियोका संस्थापक अध्यक्ष लाल प्रसाद पङ्गेनीले सैनामैनाकाे पश्चिम क्षेत्रमा सुचना र संचारको सहज पहुँचका लागि २०७२ सालमा सैनामैना -६ कलौनीमा रेडियाे सैनामैना स्थापना गरिएको बताउनुभयो ।
उहाँले सबै वर्ग, समुदाय, जाति र भेगलाई समेटेर सत्य तथ्य र निश्पक्ष रुपमा सामाजका गतिविधिलाई सुसूचित बनाउंदै जनप्रतिनीधि, राजनैतिक दल, समुदायमा हुने बिभिन्न नकारात्मक कृयाकलालाई उजागर गर्ने र सभ्य समाज निर्माणमा रेडियोले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सूचना प्राविधिको युगमा पछिल्लो समय अनलाइन मिडियाले जमात जमाएको अवस्था छ” र न्यू मिडियालाई नै प्रयोग गरी रेडियोले सूचना सङ्कलनदेखि प्रसारणसम्म गुणस्तरीयता र प्रविधिमा नयाँपन दिएर स्रोताको मन जित्न आवश्यक रहेको बताउनुभयो ।

सैनामैना नगरपालिका वडा नम्बर – ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले रेडियो संचालनमा कर्मचारीको भुमिका महत्त्वपूर्ण रहने हुनाले श्रोताको चाहना अनुसार रेडियोबाट कार्यक्रम, समाचार प्रकाशन र प्रशारण हुन जरुरी रहेको बताउनुभयो ।

रेडियोका पुर्व अध्यक्ष तिलब के.सि र कृष्ण प्रसाद पोख्रेलले समाज परिवर्तनमा रेडियो विगतदेखि खट्दै विभिन्न आरोहाआवरोह पार गर्दै यहाँ सम्ममा सबैको साथ सहयोगमा अगाडि बढ्दै आएकोले रेडियोको संरक्षण र सम्बर्धनमा सबैक्षेत्रकाे सहकार्य आवश्यकता पर्ने बताउनुभयो ।

समाजसेवी एवम् सल्लाहकार बिष्णु पोख्रेलले देशकाे अर्थतन्त्र जरजर रहेको अवस्थामा संचार, व्यापार व्यवसाय र अन्य क्षेत्र पनि यसकाे मारमा परेको बताउनुभयाे । याे असहज परिस्थितिमा मिडिया जगत बचाउन सरकारी र निजि क्षेत्रकाे सहयोग अपरिहार्य छ ।
उहाँले सोसल मिडियाबाट प्रकाशित हुने नकारात्मक समाचारले संचार र पत्रकारिता क्षेत्रको भविस्य खतरामा परेको छ, तसर्थ संघ, प्रदेश र स्थानीय सरकारले एेेन नियम कानुुन निमार्ण गरेर सोसल मिडियाका संचारलाई परिधि भित्र ल्याउन जरुरी छ ।

सल्लाहकार मानबहादुर महतले लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण र सङ्घीयता कार्यान्वयनको लागि रेडियोहरूले खेलेको भूमिका प्रशंसा गर्न योग्य रहेकोे बताउनुभयो ।

सल्लाहकार लक्ष्मी जोशीले रेडियो व्यवसायिक बनेर सवैका समाचार प्रसारण गर्नु पर्ने सुझाव दिनुभयो ।

सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काले आवज विहिनकाे आवज उठाउदै आएको रेडियोको निकट भविष्य सुखद हुने बताउदै रेडियोसंग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल रेडियोले कुनै पनि अग्रह पुर्वाग्रह नभएर निश्पक्ष सूचना समाचार समुदायलाई सुसूचित गर्नुपर्ने आग्रह गर्नुभयो ।

सैनामैना हाेटल व्यवसायी संघका अध्यक्ष झबिन्द्र पोख्रेलले प्राविधिको नयाँ युगमा रेडियोलाई रुपान्तरण गरि न्यु मिडियाकाे अवधारणा अंगाल्नु पर्ने जाेड दिनुभयो ।

कार्यक्रममा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेम बहादुर थापा, कार्यक्रममा जनकल्याण मा.वि.का प्रधानाध्यापक अर्जुन प्रसाद पोख्रेल, राष्ट्रिय मा.वि. का प्रधानाध्यापक ओम प्रकाश पान्डे, सैनामैना पर्राेहा परमेश्वर नमुना मा.विका प्रधानाध्यापक नेत्र पुरी, रामापुर रिभाइवल इङ्गलिस बाेर्डिङ्ग स्कुलका प्रिन्सिपल कृष्ण शर्मा, श्री सिद्धार्थ मेमाेरियल एकेडेमि स्कुलका प्रिन्सिपल भोजराज पौडेल, दुधराक्ष देविस्थान खानेपानीका अध्यक्ष ऋषिराम पाण्डे, नयाँ गोरेटो सहकारी अध्यक्ष कुल प्रसाद चापागाईं, शेयर सदस्य कल्पना कुंवर र राजबहादुर क्षेत्रीले बोल्दै समाज र देशलाई अगाडी बढाउने अभियानमा सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहेको बताउंदै थप महत्वपूर्ण कार्यक्रम र योजना सहित समन्वय कारी भुमिका मार्फत अगाडी बढ्नुपर्नेमा प्रतिबद्धता जाहेर गर्नुभयो ।
अध्यक्ष कमला न्यौपानेको अध्यक्षता उपाध्यक्ष रुमाखर गौतमको स्वागत तथा सचीव सुशील पन्थ शर्माको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे भने लेखा समिति संयोजक एवम् कार्यक्रम संयोजक नेत्र पुरी रहनुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation