बालबालिका विस्फोटमा परेकै ठाउँमा भएको थियो ०६२ मा भिडन्त

बालबालिका विस्फोटमा परेकै ठाउँ गैरीगाउँको दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिन्छ । भिडन्तमा घाइते भएका माओवादी सेनाका कम्पनी कमिसार तथा पूर्वराष्ट्रिय सभा सदस्य राजकुमार कुँवरका अनुसार ०६२ को ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो । 

‘बिहीबार टुइन्च मोर्टार बम विस्फोट भएको भनिएको छ । तत्कालीन युद्धमा यस्तो बम पनि प्रयोग भएका थिए, शाही सेनाले धेरै प्रयोग गरेको थियो । तर, यो बम यति लामो अवधिसम्म टिक्न सक्दैन,’ कुँवरले भने, ‘चार्जका आधारमा चल्ने बम यत्रो अवधिसम्म घाम र पानीमा परेर पनि चल्नु नपर्ने । मलाई त उहिलेको हो जस्तो लाग्दैन । तर, अनुसन्धानपछि स्पष्ट होला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation