
सैनामैना, असोज २८
नेपाली कांग्रेस सैनामैनाले असोज ३० गते चियापान तथा अन्तरक्रृया कार्यक्रम गर्ने भएको छ । विजया दशमी, शुभदिपावली तथा छठपर्वको अवसरमा सो कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम असोज ३० गते मंगलबार सैनामैना ८ सतचिन्तनको सभाहलमा गरिने नगरसचिव अर्जुन पौडेलले जानकारी दिनु भयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य निर्वातमान सर्वजानिक लेखा समितिका सभापति भरतकुमार शाहको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा प्रदेश, जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरुको सहभगीता हुने उहाँले बताउनु भयो ।