वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलको रक्तदान कार्यक्रम सम्पन्न

वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक रूपमा नियमित आयोजना गर्दै आएको आजको रक्तदान कार्यक्रममा ४१ जना रक्तादाताहरुले सहभागिता जनाउनु भएको  कार्यक्रम संयोजक माया बस्नेत कार्किले जानकारी दिनुभयो।

रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले हिन्दु नेपालीहरुको महान चाड दिपावलिको पुर्व सन्ध्यामा धनमन्तरी ऋषिको पवित्र तिथि पारेर आयोजना गरिएको कार्यक्रम आफैमा ठुलो त्याग र दानको उदाहरण भएको भन्दै वाङ्गला रुपन्देही सम्पर्क समाजको कार्यको खुलेर प्रसम्सा गर्नुभयो।

कार्यक्रममा रक्तदान अभियानका अग्रज कृष्ण चौहानले “रगत नपाए बुटवल जानू” भन्ने अभियानलाई सार्थक बनाउने क्रममा वाङ्गला रुपन्देही सम्पर्क समाजले बिगत देखि नै भुमिका निर्वाह गर्दै आएको र यसमा निरंतरताको लागि शुभेच्छा प्रकट गर्नुभयो।

समाजका अध्यक्ष प्रकाशमणि खनालले संस्थाले कार्ययोजना बनाएर समाज केन्द्रित विभिन्न गतिविधिहरु संचालन गर्दै आएको बताउनुभयो । समाजका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भुसाल, निबर्तमान अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सल्लाहकार द्वय शिव बहादुर अधिकारी र प्रकाश बस्नेतको समेत उपस्थिति रहेको सह संयोजक बाबुराम भुसालले जानकारी दिनुभयो ।
कार्यक्रम प्रकाशमणि खनालको अध्यक्षता, माया बस्नेत कार्किको स्वागत र सचिव मोहन बस्यालको संचालनमा सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation