गैडहवा गाउँपालिका छठ पर्वको सार्वजनिक बिदा

रुपन्देहीको गैडहवा गाउँपालिकाले मंसिर ४ गते बिदा दिएको छ । आज छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । व्रतालुले आज शुक्रवार ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन हिजो बिहीवार व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि गरेका थिए ।

आज व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खान्छन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । हिजो ‘अरबा–अरबाइन’ र आज ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भाेलि शनिवार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खान्छन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर बेलुकी पख अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यसको भोलिपल्ट बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले यसपालि छठको समापन आउँदो सोमवार बिहान सूर्योदयसँगै गरिने बताउनु भयो । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै सन्तेश्वर घाट धार्मिक महत्त्वका तलाउ र नदी सुर्यपुरा बजार परिसर सिङ्गारिएका छन् । यस्तै गैडहवा गाउँपालिका विभिन्न ठाउँमा पनि छठको रौनक बढ्दो छ । नदी तटलाई झकिझकाउ बनाइएको छ गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले बताउनु भयो यो अवसरमा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल गाउँपालिकाका सम्पूर्ण लाई शुख शान्ती शु स्वास्थ्य दिर्घायुको कामना गर्दै छठ पर्व खुसिका साथ बनाउन आग्रह गर्नु भयो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले सम्पूर्ण लाई छठ पर्व को शुभकामना दिदै चाड पर्वले हरेक नेपाली लाई एक आपसमा सम्बन्ध गासेको बताउनु भयो–

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation