समाजवादी मोर्चा नेपाल कञ्चन, गैडहवा गाउँपालिका संयोजन समिति गठन

रुपन्देहि। समाजवादी मोर्चा नेपालले कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिका संयोजन समिति गठन गरेको छ । बुधबार भएको मोर्चा आबद्ध दलहरूको भेलाले मोर्चा गठन गरेको हो ।

मोर्चाको कञ्चन गाउँपालिका संयोजन समिति संयोजकमा नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा  चयन भएका छन् । यस्तै मोर्चाको गैडहवा गाउँपालिका संयोजन समितिमा जनता समाजवादीका नेता वच्चुलाल केवट १३ सदस्यीय कमिटि एकजना पछि थप गर्ने गरी समिति गठन गरेको नेताहरूले बताएका छन् ।

समिति गठन कार्यक्रममा समाजवादी मोर्चा नेपालका केन्द्रीय सदस्य किशोर बि.क.,मोर्चाका जिल्ला सदस्य नारायण जिसि निर्मल, श्री राम यादव, बिरेन्द्र बिक, सियाराम यादव, विष्णु अधिकारी, हिराबहादुर रोका अमर, नाथु थारु, हस्त सावर, चन्द्रप्रकाश घर्ति, दिपिका शर्मा, अर्जुन ढकाल लगायतको उपस्थीतिमा भएको कार्यक्रममा किशोर बिक प्रमुख अतिथि रहेको मोर्चा गठन र उद्देश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation