‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहिले दशौ पार्टी पुनर्स्थापना दिवस मनायो

रुपन्देहि – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दशौ पार्टी पुनर्स्थापना दिवस मनाइरहेको छ।
तत्कालीन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विभाजन भई विप्लवले आफनो नेतृत्वमा २०७१ मंसिर ८ गते नेकपा गठन गरेका थिए।

पार्टी स्थापना दिवसको उपलक्ष्यमा रुपन्देहीले विविध कार्यक्रम गरेर मनाइरहेको नेकपाका रुपन्देही सचिव बिरेन्द्र सिले बताए।

‘पार्टी पुनर्स्थापना दिवसको उपलक्ष्यमा रुपन्देहीमा आयोजित कार्यक्रममा नेकपाले अग्रज कम्यूनिष्ट नेता तथा सहिद परिवार सम्मानित व्यक्तीत्वहरु डम्मर बहादुर श्रेष्ठ, तुल्सा पाण्डे, बल बहादुर परिवारलाई सम्मान गरेको हो । कार्यक्रमा प्रमुख अतिथि नेकपा पोलिटव्यूरो सदस्य वसन्त सिले भने हरेक व्यक्ति समाजसँग जोडिएको हुन्छ। उसले एक्लै पनि प्रगति गर्न त सक्छ तर समाजको प्रगति विना उसको समग्र प्रगति हुँदैन। त्यसैले समाजलाई अगाडि बढाउन वा समाजको अगाडि बढ्ने दर तिब्र पार्न आफ्नो जीवनकालमा बढी भन्दा बढी भौतिक र दिमागी श्रम लगानी गर्न सकियोस् भनेर गरिने संकल्प नै हामीले देख्नुपर्ने सपना हो। आफ्नै जीवनकालमा मानिसहरुले यथासम्भव परिवर्तन भोग्न पाउन् भनेर लक्ष्य किटान गरेर यात्रा गर्नु र त्यो लक्ष्य पूरा गर्न दिनरात एक भएर लाग्नु नै परिवर्तनकारीले देख्नुपर्ने सपना हुनुपर्छ।

समानतामा आधारित मानव समाज, अरुले दमन गरेर अनुशासित बनाउने प्रक्रिया घट्दै गएको समाज र स्वअनुसासित हुने प्रक्रिया नै समाजवाद हो। उत्पादन शक्तिबीचको संघर्षले त्यो प्रक्रिया शुरु भएको छ। सचेततापूर्वक यो प्रक्रियालाई छिटो अगाडि बढाउन सबै परिवर्तनकारी लाग्नुपर्छ। समाजवाद निर्माण गर्नका लागि देखिने समाज नै समाजवादी सपना हो। समाजवादसम्म पुग्न लालायित आकांक्षा र त्यो लक्ष्य नै समाजवादी सपना हो।

कर्यक्रममा नेकपाका सरद सि, जीत सि, विश्वास सि, नविन सि,जया सि लगागतले आ–आफ्नो धारणा राखेका थिए । नेकपाका रुपन्देहि सचिव बिरेन्द्र सिको अध्यक्षतामा भएको कार्यक्रममा बिज्ञान सिले सञ्चालनमा सम्पन्न भएको थियो । जिल्लाभर सभासहित कविता, छलफल, खेलकुद कार्यक्रम लगायत रचनात्मक कार्यक्रम ‘बेलुका दीप प्रज्वलन गर्ने कार्यक्रम छ।’
विप्लव नेतृत्वको नेकपाले तत्कालीन ुजनमुक्ति सेनाु स्थापना दिवसकै दिन २०७१ सालदेखि पार्टी पुनर्गठन दिवस मनाउँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation