कञ्चनमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ ।

अभियानकै क्रममा रुपन्देहीको कञ्चन गाउँपालिकामा समेत शनिवारदेखि हिंसाविरुद्धको अभियान सुरु भएको छ ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल र उपाध्यक्ष मौसमी थापा मगर , वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलगायतले म हिंसा गर्दिन, हिंसा सहदिँन, हिंसाविरुद्धमा आवाज उठाउँछु, हिंसा भएमा वा देखेमा प्रतिकार गर्छु भन्ने ब्यानरमा हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा बोल्दै पालिका अध्यक्ष नवराज ढकालले महिला हिंसा समाजका विभिन्न स्थानमा भैरहेको र हिंसा समेत विभिन्न प्रकृतिका भएकोले त्यसको अन्त्यका लागि सवैको ऐक्यबद्धता जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले कञ्चन गाउँपालिकालाई महिला हिंसा अन्त्य पालिका घोषणा गर्न सवैको सहयोग भयो भने त्यो संभव रहेकोले महिला हिंसा नियन्त्रणमा सवै एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मात्र नभै सवै समयमा नै महिला हिंसा नियन्त्तणमा सवैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले महिला हिंसा विरुद्धको अभियानलाई सफल बनाउनु पर्नेमा जोड दिदै खासगरि महिला दिदी बहिनीहरुले अभियानलाई सफल बनाउन बढी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रबक्ता चित्र तुलाचनले महिलाहरुको अधिकार सुनिश्चत गर्न सबै तहका सरकारले मुख्य भुमकिा खेल्नुपर्ने बताउदै १६दनिे अभियान गाउँका प्रत्येक टोल टोलमा पुुग्नुपर्ने बताउनुभयो ।
कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना थारुले स्वागत गर्नुभएको थियो भने सहायक महिला विकास निरिक्षक राधा भट्टराई आचार्यले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation