सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

कपिलवस्तु , १९ बैशाख
नेपाल औषधी व्यवसायी संघ कपिलवस्तु शाखाले शुक्रबार तौलिहवा स्थित शाखा कार्यालयमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई माक्स, पञ्जा र सेनेटाईजर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष धर्मराज भट्टराई, महासचिव मनिराम पाण्डेय, बरिष्ठ सल्लाहकार मानुल्लाह खाँ लगायतले पत्रकार महासंघ जिल्ला अध्यक्ष डिलाराम भुसाललाई सो सामाग्री हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गरिएका सामाग्रीमा ३ सय पिस ग्लोब्स, ६०÷६० पिस माक्स र सेनेटाईजर छ । पत्रकार महासंघ प्रदेश सदस्य मनोज कुमार श्रीवास्तव, केन्द्रिय सदस्य बसन्त गिरी, कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले संकटका बेला सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने औषधी व्यवसायी संघको प्रशंसा गरे । नेपाल औषधी व्यवसायी संघ कपिलवस्तु शाखा अध्यक्ष धर्मराज भट्टराईले जोखिम मोलेर समाचार संप्रेषण गर्दै आएका जिल्लाका सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको स्पष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation