सैनामैनाका कृषकलाई अनुदानमा कृषि यान्त्रीकरण वितरण

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी कृषकलाई कृषि यान्त्रीकरण विद्युतीय च्याप कटर, पेट्रोल ब्रस कटर मेशिन र काउमेट वितरण गरेको हो ।

नगरपालिकाको दश लाख लगानी र कृषकको साढे दुई लाख लगानीमा १२ लाख ५० हजार लागतको कृषि यान्त्रीकरण कृषकलाई वितरण गरिएको थियो । नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषकलाई कृषि यान्त्रीकरण १७ थान विद्युतीय च्याप कटर, ११ थान पेट्रोल ब्रस कटर मेशिन र ५० थान काउमेट वितरण गरिएको सैनामैना नगरपालिकाको पशु विकास शाखाले जानकारी दिएकोे छ ।May be an image of 5 people

सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले नगरले कृषिमा आत्मनिर्भर गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले हेर्दा सामान्य लाग्ने च्याप कटर, व्रस कटर र काउमेट वितरण गरेपनि यो कृषकलाई अती आवश्यक रहेको बताउनुभयो । यी यान्त्रीकरणले कृषकलाई ठुलो राहत मिलेको उहाँको भनाई छ । नगरपालिकाले गत वर्ष ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको थियो अहिले नगरले ७५ प्रतिशत अनुदानमा वितरण गरेको जानकारी गराउनुभयो । यस्तै उहाँले कृषकले प्राप्त गरेको कृषि यान्त्रीकरणको सही सदुपयोग गर्ने समेत आग्रह गर्नु भयो ।

May be an image of 8 people

यस्तै सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले कृषकको माग अनुसार यान्त्रीकरण वितरण गरेको जानकारी गराउनुभयो । निरन्तर कृषि क्षेत्रमा लागेका किसानलाई नगरले सहयोग गरिरहेको उहाँको भनाई छ । सैनामैना नगरपालिकाले गत वर्ष पनी यस किसीमका सामाग्रीहरु वितरण गरेको र आगामी वर्षमा पनि निरन्तर यो कार्यक्रम रही रहने र ११ वटै वडामा रहेका कृषकहरुलाई आवश्यकताका आधारमा यान्त्रीकरण वितरण गर्ने अधिकारीले जानकारी गराउनुभयो ।

कृषि यान्त्रीकरण प्राप्त गरेपछि कृषकहरुले खुसी व्यक्त गदै नगरपालिकालाई धन्यवाद दिएका छन् ।May be an image of 7 peopleMay be an image of 5 people

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation