“संघीयताको सफल कार्यान्वयन स्वर्णिम रास्ट्रको आधार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

“संघीयताको सफल कार्यान्वयन स्वर्णिम रास्ट्रको आधार” शीर्षकमा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल बुद्धिजीवी संगठन रुपन्देहीको सयुत्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य तथा पुर्ब वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले भने नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, लैङ्गिक एवं भाषिक विभेद र असमानता अन्त्य गर्न नेपाली जनताको ऐतिहासिक जनयुद्ध, जन आन्दोलन, त्याग र बलिदानबाट सृजित संविधानसभाबाट संघीयता सहितको संविधान निर्माण भएको हो । लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्ष र समाबेशीतालाई संस्थागत गर्नको लागि पनि नेपालमा नयाँ संविधान लेखिएको हो ।

संघीयताको आदर्श पक्षकोरूपमा सङ्घ, प्रदेश र स्थानीय तहहरूबीचको सम्बन्ध सहकारिता, सह-अस्तित्व र समन्वय गरी तीन “स” को सिद्धान्तमा आधारित हुनेछ । पहिचानहरूको संरक्षण र विकास एवं सबै प्रकारका विभेदहरूको अन्त्य गर्दै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने महान् अभिभाराका साथ देशमा संघीयताको आवश्यकता बोध गरी नयाँ संविधानमा यो लेखियो जसले दलीय संस्कार, संस्कृति, सहिष्णुतातर्फ पनि संकेत गर्दछ भने यो कार्यन्यनको जिम्मा पनि नेकपा माओबादी केन्द्र कै हो, जसले सङ्घियताको जन्म दियो उसैले हुर्काउने हो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र रुपन्देहीका सम्योजक नारायण जिसि (निर्मल) ले भने, नागरिकको जीवनस्तर उच्च बनाउनु, देशवासीलाई सुखी खुसी राख्नु र समृद्ध देशको निमार्ण गर्नु नै हाम्रो अभीष्ट हो ।संघीयताको मूल मर्म भनेको संघीय शासन पद्धतिबाट प्राप्त हुने लाभमा सबै नागरिकहरूको समान पहुँच सुनिश्चित गर्नु हो जसको निम्ति शक्तिको विकेन्द्रीकरण, समावेशीकरण, सहभागितामूलक शासन र विविधताको व्यवस्थापन युक्तिसंगत तरिकाले गर्नुपर्दछ त्यो नेकपा माओबादिले नेतृत्व गरिरहेको छ ।

एसियन पाटी प्यालेस बुटवलमा भयको कार्यक्रममा सहभागी प्राध्यापक , अधिबक्ता, शिक्षक, डाक्टर सरोकारवालाले उल्लेखित जुनसुकै प्रावधानहरू रहेकाे भएतापनि शासनमा रहनेहरूको सोच, शैली, संस्कार, प्रवृत्ति, व्यवहारमा परिवर्तन नहुँदासम्म आम नागरिकले साँचो अर्थमा गणतन्त्रको लाभ उपभोगको अनुभूत गर्न नपाउने निश्चित छ । शासन प्रणाली एक माध्यम मात्र हो र साध्य त नागरिक नै हुन् भन्दै आ आफ्नो धारणा राखेका थिय ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation