अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो ।

यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ ।

गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको हो । यो औषधिले मानिसहरू छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो । अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरू अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरू औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन् । तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ ।

यो औषधिले मृत्यु हुनेको संख्यामा पनि कमी आउन सक्ने बताइएको छ । कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता नलागेको र अझै यसको खोप आउन एक वर्षभन्दा लामो समय लाग्न सक्ने बताएकाले अहिले अन्य रोगको लागि बनाइएको औषधिको परीक्षण कोरोना भाइरस नियन्त्रणको लागि भइरहेको छ ।

यसैबीच, गिलेडले १५ लाख सिसी औषधि अनुदानमा दिने र यसको उत्पादन बढाउने निर्णय गरेको छ। यद्यपि यसअघि चीनले गरेको परीक्षणमा भने रेमडेसिभिर कोभिड-१९ को उपचारमा निष्प्रभावी रहेको बताएको थियो ।

स्रोत : अलजजीरा, अनलाइन खबरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation