कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धि तालिमको सुभारम्भ

रुपन्देहीको कन्चन गाउ पालिका सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजना तथा कन्चन गाउँपालिकाको आर्थिक सहयोगमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धि तीन दिने तालिम कार्यक्रमको सुरुवात भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले सहभागीले सिकेका कुरा समाज रुपान्तरणमा लाग्नुपर्ने बताउदै सुनगाभा सामुदायिक बिकास केन्द्रले कन्चन को शैक्षिक आर्थिक हरेक क्षेत्रमा सकारात्मक सहयोग पुराएको भन्दै सहभागी सम्पूर्ण लाई तिन दिने तालीमबाट सिकेर प्रस्तावना तथा प्रतिवेदन लेखन आफ्नो दक्षता क्षमता बढाउन शुभकामना दिनु भयो ।

कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर के सि ले प्रशिक्षार्थी प्रस्तावना र प्रतिवेदन लेखनको बारेमा आवश्यक पर्ने कुराको बारेमा जानकारी दिनु भएको हो।

कार्यक्रममा अध्यक्षत्ता सुनगाभा सामुदायिक बिकास केन्द्र कन्चनको अध्यक्ष अमृता थापाले कार्यक्रम माथी प्रकाश पार्दै सहभागी सम्पूर्ण लाई शुभकामना दिनु भएको थियोे कार्यक्रममा सहजीकरण लक्षमण सुनार उषा सुनार अस्मिता पाण्डेले गर्नु भएको थियोे कार्यक्रमको सन्चालन कन्चन साथी सन्जालको कोषाध्यक्ष समिक्षा रानाले गर्नुभएको हो कार्यक्रम बुटवल उपमहानगरपालिका बनना रिसोर्ट मा सन्चालन भएको छ कार्यक्रममा ३८ जनाको सहभागीता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation