
दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ८ को आयोजनमा लुम्बिनी खबरको समन्वयमा मा गाँउ बस्ती सफा र सुन्दरताको स्थानियसँग २ दिने अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गाँउ टोल बस्तीलाई सफा र सुन्दर कसरी बनाउने भन्ने बिषयमा स्थानियहरु अर्न्तक्रिया कार्यक्रममा वडा नम्बर ८ वडा अध्यक्ष राजेन्द्र जैसवाल बोल्दै आफ्नो गाँउ बस्ती सफा र सुन्दर बनाउन हामी सबै वडा बासीको कर्तब्य रहेको ले जथाभावी फोहोर फालेमा गाँउ बस्ती कुरुप देखिदै जाने छ साथै बिभिन्न रोगहरु फैलिना सक्छ पुरै बास्तीका जनताहरुमा रोगको सिकार पनि हुन्छ । त्यसैले यो एक जनाले सफा गरेर गाँउ टोल सफा सुन्दर हुदैन, हामी सबै हातेमालो गरी घरबाट निस्कने फोहोरमैलाहरुलाई उचित स्थानमा राख्नु पर्ने समय समयमा सबैले सर्वजनिका ठाँउहरुको सडक, पोखरी, धारा, नालिको सरसफाई गरी आफ्नो टोलका सबै मानिसहरुको सहभागिता र लगनशिल हुन जरुरी देखिन्छ। तब आफ्नो गाँउ बस्ती सफा सुन्दर देखिन्छ। यस अर्न्तक्रियाबाट वडाबासीहरुलाई जनचेतना फैलाने र चनाखो बनुन भन्ने उद्देश्यले यस्ता किसिमका कार्यक्रमलाई निरान्तरता दिने बताएका छन् ।
कार्यक्रम अन्जना चौहानको अध्यक्षतामा वडा अध्यक्ष राजेन्द्र जैसवालको प्रमुख अतिथि वास शाखा प्रमुख शेषराम यादव, वडा सचिव नारायण अचार्य, इलाका प्रहरी लुम्बिनीका निरिक्षक कंन्चन तमाङ्ग, लुम्बिनी टाफिक प्रहरी कार्यालय पर्साका निरिक्षक युराज शेन, प्रशिक्षक रुबिना थापा र स्थानिय लगायतले अर्न्तक्रिया कार्यक्रममा बोल्दै कार्यक्रम स्वागत मन्तब्य पशुपति यादवले गर्नुभएको थियो ।