सैनामैना दलित उत्थान समितिको अध्यक्षमा जयलाल वि.क चयन

२०८० फागुन .
सैनामैना दलित उत्थान समितिको अध्यक्षमा जयलाल वि.क सर्वसम्मात चयन हुनुभएको छ ।
सैनामैना वडा नं.—६ मा अवस्थित भगत सर्वजित स्मृति प्रतिष्ठानको हलमा बुधवार सम्पन्न दलित उत्थान समितिका तेस्रो साधारण सभा तथा दोस्रो नगर अधिवेशनबाट जयलाल वि.कको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा समुन्द्र भित्रकोटी, महिला उपाध्यक्षमा सीता दर्नाल, महासचिव माया रसाइली, सचिवमा कमला सुनार कोषाध्यक्षमा मित्र कुमार बुढाप्रिती सर्वसम्मात चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा जय बहादुर सार्की, दुप्रती वि.क, रमा परियार, कोपिला बराह, राम बहादुर सुनार, सुमित्रा सुनार, चन्द्र सुनार, शर्मिला सुनार, शम्भु विश्वकर्मा, लक्ष्मी बस्याल, राजेन्द्र कुमार रणपाल, विजय गजमेर, रिमा वि.क. हिमाल रसाइली र शान्ती वि.क रहनुभएको छ भने अन्य सदस्यलाई पछि बैठकले मनोनित गरिनेछ ।
साधारण सभाको उद्घाटन गर्दै सैनामैना नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले दलित समुदायको हक अधिकारका लागि एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले आफ्नोे अधिकार स्थापितका लागि दलित समुदाय नै जागरुक र अगुवाइ गर्नुपर्ने बताउनुभयो ।
दलित समुदाय सीप र कलामा धेरै नै अगाडी रहेकाले परम्परागत पुरानो बाउबाजेले गर्दै आएको कामलाई आधुनिक र नयाँ तारिकाले अघि बढ्न जरुरी बताउनुभयो ।
दलित समुदायको उत्थानका लागि नगरपालिकाले बार्षिक ५ लाख बजेट विनियोजन गरी कार्यक्रम गर्दै आएकाले दलित समुदायले गर्ने पुरानो सिपलाई प्रवर्द्धन गर्ने खालका कार्य गर्न नगरप्रमुख शर्माले सुझाव दिनुभयो ।
सैनामैना नगरपालिका उपप्रमुख विना रानाले आफ्नोे हक अधिकार पाउनका लागि आफै अग्रसर हुनुपर्ने बताउनुभयो । दलितहरुलाई पछाडि पारिएको भन्दा पनि हामी हाम्रो सोचले पछाडी परेको जिकिर गर्दै अन्य समुदायसँग प्रतिस्पार्धी बनेर अगाडी बढ्नुपर्ने जोड दिनुभयो । उहाँले दलित समुदायका छोराछोरी शिक्षा, आर्थिक, समाजिक हरेक क्षेत्रमा अब्बल बनेर समुदायको उत्थान र शसक्तीकरण गदै अधिकार स्थापित गर्नुपर्ने भनाई राख्नुभयो ।
दलित उत्थान समिति सैनामैनाका संरक्षक रामनाथ हरिजन, संस्थाका निवर्तमान अध्यक्ष सुरज बाराल, नेपाली कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालले बोल्दै दलित समुदायको शसक्तिकरणका लागि पाटी भन्दा माथि उठेर संगठित रुपमा काम गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । स्थानीय तहको सबै वडाहरूमा अहिले दलित महिला सदस्यहरू निर्वाचित भएकाले उनीहरूको सक्रियताले दलित समुदायको उत्थानमा महत्त्वपूर्ण भुमिका खेल्ने जिकिर गर्नुभयो ।
“समानता सद्भाव र न्यायका लागि दलित एकता हाम्रो एकताबद्धू“ भन्ने नाराका साथ स्थापित सैनामैना दलित उत्थानले दलित समुदायको हक अधिकारहरु स्थापित गर्दै जातिय विभेद बिरुद्ध संगठित रुपमा आवाज उठाउदै आएको बताउनुभयो ।
कार्यक्रममा सस्थाका अध्यक्ष अम्बिका परियारले अध्यक्षको प्रतिबेदन संस्थाले गरेको बार्षिककार्य प्रतिवेदन सस्थाका महा–सचिव समुन्द्र भित्रकोटी र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष माया रसाईलीले प्रस्तुत गर्नुभएको थियोे ।
संस्थाका अध्यक्ष अम्बिका परियारको अध्यक्षता उपाध्यक्ष जगलाल वि.कको स्वागत मन्तव्य तथा सचीव समुन्द्र भित्रकोटीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation