सैनामैनामा बुद्ध मुर्ती निर्माणका लागि लुम्बिनी बिकास कोषका उपाध्यक्ष लामाद्धारा आर्थिक सहयोग

अनिता चौधरी, बैशाख ४ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले भगवान बुद्धको मुर्ती निर्माण गर्नका लागि आर्थिक सहयोग गरेका छन । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ मा निर्माण हुन लागेको बौद्ध स्मारकमा भगवान बुद्धको मुर्ती निर्माण गर्नका लागि १ लाख ५० हजार रुपैयाँ प्रदान गरेका हुन । दुधराक्ष युवा क्लबको आग्रहमा लुम्बिनी प्रदेशसका पूर्व सांसद फकरुद्विन खान मार्फत उक्त रकम हस्तान्तरण मंगलबार क्लबलाई उक्त रकम हस्तान्तरण गरीएको क्लबका सह–सचिव सागर पन्थले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा सैनामैना नगरपालिका ६ का अध्यक्ष गोपाल पोख्रेल, ७ का अध्यक्ष राजकुमार चौधरी, दुधराक्ष युवा क्लबका संस्थापक अध्यक्ष नारायण प्रसाद खनाल, सल्लाहाकार प्रेम थापा, मदन थापा, क्लबका अध्यक्ष किरण पोख्रेल, सचिव पदम पाण्डे र क्लबका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कोषका उपाध्यक्ष डा.लामाले यस अघि पनि विभिन्न स्थानमा आर्थिक सहयोग गर्दै आइरहेको छन । विपन्न विद्यार्थीहरुलाई निशुल्क अध्ययन अध्यापन गराउँदै आइरहेका लामाले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त हुनासाथ मन्दिर निर्माणका लागि ७ करोड दान गर्ने घोषणा समेत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation