सैनामैनाको नगरस्तरीय परिक्षामा सुनगाभाका विद्यार्थी प्रथम

बैशाख ४ । रुपन्देहीको सैनामैनामा रहेको सुनगाभाका पब्लिक बोर्डिङ स्कुलका विद्यार्थी कृष्टी ज्ञवाली र सचिना पौडेल आधारभुत तहको नगरस्तरीय परिक्षामा प्रथम भएका छन । ज्ञवाली र पौडेलले समान ३ दशमलव ९७ जिपिए ल्याएर नगरमै उत्कृष्ट भएको नगर शिक्षा अधिकारी राधा बन्जाडेले जानकारी दिइन । बन्जाडेका अनुसार चैत्र महिनामा सञ्चालन भएको परिक्षामा सैनामैना नगरपालिका भित्रका ३१ वटा विद्यालयका १५ सय ९६ विद्यार्थी सहभागी भएका थिए ।

यसैंबिच विद्यालयले मंगलबार विद्यालयलयमा कार्यक्रमको आयोजना गरेर शिक्षक, परिक्षामा उतिर्ण विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यार्थी सफल हुनुमा विद्यालय शिक्षक र अभिभावकको समान भुमिका हुने भएकाले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक तिलक केसीले जानकारी दिए । सुनगाभा स्कुलबाट ९२ जना विद्यार्थी सहभागी भएकोमा २ जना ३ दशमलव ९७ जिपिए, २३ जना ए प्लससहित सबै विद्यार्थी उतिर्ण भएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै विद्यार्थी कृष्टि ज्ञवालीले विद्यालय, शिक्षक र अभिभावकको साथका कारण सफलता संम्भव भएको बताइन ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतम, विद्यालयका पुर्व अध्यक्ष बिमला अर्याल, विद्यालयका सल्लाहाकार कृष्ण पंगेनी, सह प्रचार्य कमल पौडेल, अभिभावक कमला पौडल लगायतले बोल्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation