ओलि बहुमत : दिनभर कसरत राष्ट्रपतिसँग अर्थपूर्ण

सचिवालय बैठक अगाडि आफ्नो पक्षमा बहुमत जुटाउन प्रधानमन्त्री ओलीले शनिबार दिनभर प्रयास गरेका थिए। उनले शनिबार उपाध्यक्ष गौतम, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरी आफ्नो पक्षमा उम्भाउन सफल भए।

सचिवालय नेताहरूलाई आफ्नो पक्षमा सहमत गराएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। पार्टी सचिवालय बैठक अघि आफूले सचिवालयमा बहुमत जुटाएपछि भण्डारीसँग प्रधानमन्त्रीले शीतल निवासमा गरेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। एक साताका बीचमै ओलीले शनिबारसहित राष्ट्रपतिसँग तीन पटक भेटवार्ता गरिसकेका छन्।

राष्ट्रपतिसँग भेटपछि उनले अध्यक्ष दाहालसँग एक्लै भेट गरी सचिवालय बैठक सुरु गरेका थिए। जहाँ उनले आफूविरुद्ध नेताहरूको मोर्चावन्दी तोडेर आफू अनुकुलको निर्णय गराउन सफल भएका थिए। ओलीले दाहाललाई पनि आफूसँगै एउटै लहरमा आफ्नो जस्तै कुर्सीमा राख्ने ब्यवस्था शनिबारको सचिवालय बैठकमा गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation