रुपन्देहीमा गर्मीले जनजिवन प्रभावित, अस्पतालहरुमा बिरामीको चाप

बुटवल। रुपन्देहीमा पछिल्लो एक हप्ता यता गर्मी अतयाधिक रुपमा बढेको छ । बिहानै देखि चल्ने तातो हावा सहितको गर्मीले जनजिवन निकै प्रभावित बनेको छ ।

रुपन्देही लगाएतका तराईका जिल्लामा बिहानै देखि शुरु हुने तातो हावा साझसम्म लाग्ने गरेको छ । रुपन्देहीमा पछिल्लो एक हप्ता यता ४० देखि ४२ डिग्री तापक्रम कायम रहेको छ । जसले गर्दा बालबालिका देखि बृद्धबृद्धालाई समस्या हुन थालेको छ ।

 

किसानहरुलाई तरकारी लगाएतका अन्नबाली हुर्काउन मुस्कील परेको छ भने सिचाईको अभावमा किसानले लगाएतको तरकारी बालीलाई समेत जोगाउन हम्मेहम्मे परेको छ । लामो समयदेखि खडेरी परेसगै रुपन्देहिको विभिन्न ठाँउमा आगोलागीका घटना समेत बढेका छन् । रुपन्देहीका बिभिन्न स्थानमा लागेको आगलागीबाट ८७ घर पुर्ण रुपमा क्षती पुगेको रुपन्देही प्रशाशनले जनाएको छ । ८७ घरपरिवारका ५ सय ४ जना घरबार बिहिन हुन पुगेका छन् ।

लामो समयदेखि पानी नपरेपछि वायूमण्डल दुषित भई मानिसमा विभिन्न खालका समस्याहरु देखिएर बिरामीहरु अस्पतालमा आउने गरेका छन् ।   गर्मी बढेसंगै अस्पतालमा रुघा, खोकी, ज्वरो, झाडा पखाला लगाएत बिभिन्न समस्या लिएर बिरामहरु अस्पताल आउने गरेका छन् । अस्पतालहरुमा अहिले बिरामीको चाप बढेको छ ।

तातो हावा तथा तातो लहरले गर्दा अधिक थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर लाग्ने, बेहोस हुने जस्ता समस्याहरु देखिएको हुँदा सजक रहन चिकित्सकले आग्रह गरेका छन्।

बिहान राखिएको हरियो ताजा साग, तरकारी तथा फलफुल साझ पर्न नपाउदै सुकेर खान समेत नमिल्ने गरी बिग्रने गरेको व्यवसायिको भनाई छ । गर्मी बढेसंगै चिसो पेय पदार्थको बिक्रि भने बढेको छ । चोक चोकमा राखिएका जुस कर्नर तथा पसलहरुमा भिडभाड लाग्ने गरेको छ । चिकित्सहरु भने अत्याधिक गर्मी र तातो हावा चलेको समय बाहिर ननिस्कन आग्रह गरेका छन् भने झोलिलो पदार्थको प्रयोग गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation