लगानीकर्तालाई राहत : सेयर कर्जाको राफसाफ असार मसान्तसम्म

२०७७ बैशाख २१ आइतबार

लकडाउन अघिको सेयर कर्जाको राफसाफ लगानीकर्ताले असार मसान्तसम्म भुक्तानी गर्दा हुने भएको छ । अर्थमन्त्रालयका सहसचिव झक्का आचार्यले लगानीकर्ताले बैंकबाट लिएको चैत मसान्तको सेयर कर्जाको राफसाफ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने जानकारी दिए ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन भन्दा अघि कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाब राफसाफ गर्ने समयअवधी २०७७ असार मसान्तसम्म कायम गरेको छ । 

यस भनाईले आम लगानीकर्ताहरुले लकडाउन अघिको सेयर कारोबार गरेको राफसाफ चाँही असार मसान्तसम्म भन्ने बुझेका छन् । तर यस निर्णयलाई सरकारले  खुलाउन नसकेका कारण लगानीकर्ता अन्योलमा भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले बताए । 

लकडाउनअघि सेयर धितो राखी कर्जा लिएका लगानीकर्ताले बैंकसँगको राफसाफ असार मसान्तसम्म सक्दा हुने व्यवस्था गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले बताएका छन् । 

उनले भने, ‘आमलगानीकर्ताले लकडाउनअघिको सेयर कारोबारको राफसाफ असार मसान्तसम्म गर्दा हुन्छ भन्ने बुझेका रहेछन्, यो गलत हो ।’    

उनले सम्पूर्ण सेयर राफसाफमा नभई चैत मसान्तको सेयर कर्जाको ब्याज असार मसान्तसम्म बैंकलाई दिए हुने बताएका छन् । बजारमा गरेको सेयर कारोबारको राफसाफ तीन दिनभित्र गर्नुपर्ने व्यवस्था भएको उनले प्रस्ट पारे । 

साथै, सरकारले सूचीकृत कम्पनीहरूले बुझाउनुपर्ने विवरण पनि असार मसान्तसम्म बुझाउन सकिने उनले बताए । 

वैशाख २५ पछि लकडाउन केही खुकुलो भएमा सेयर बजार खुलाउने तयारी बोर्ड र नेप्सेको छ । सिडिएसका प्रवक्ता सुरेश न्यौपानेले बजार सुचारु भए पहिला यसअघिको राफसाफ गर्ने र अन्य कारोबार हुने बताए । 

बजार बन्द हुँदाको अन्तिम कारोबार दिनबाहेक अन्य दिनको राफसाफ सम्पन्न भइसकेको उनले बताए । लगानीकर्ताहरुले लकडाउन अघिको सेयर राफसाफ असार मसान्तसम्म गरे हुने भन्ने निर्णयले लगानीकर्ता अलमलमा परेका थिए । सेयर बजारमा केही प्रतिशत लगानीकर्तालाई मात्र राहत मिलेको उनीहरुको बुझाई थियो ।

अर्थ मन्त्रालयको  निर्णय यस्तो थियो

तर, वास्तवमा भने बैंकबाट सेयर कर्जा लिएका लगानीकर्ताहरुले चैत मसान्तको बैंकमा गनुपर्ने राफसाफ असार मसान्तसम्म गर्दा हुने हो । यसले बैंकबाट सेयर कर्जा लिएका लगानीकर्ताहरुलाई राहत मिल्ने ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation