नगरकै मिलेमतोमा सैनामैनामा अबैधरुपमा नदीजन्य पदार्थ ओसारपसार

सैनामैना । रुपन्देहिको सैनामैनामा नगरकै मिलेमतोमा अबैध रुपमा नदिजन्य पदार्थ ओसार पसार भएको पाइएको छ । ICP पारियोजना भैरहवा (इन्टिग्रेटेड चेक पोष्ट) बनाउने प्रयोजनका लागि भनि उत्खनन् गरिएको नदिजन्य पदार्थ अन्यत्रै प्रयोग भएको पाईएको हो । राष्ट्रिय गौरवको आयोजनाका लागि भनि उत्खनन् गरिएको उक्त माल सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाका बिभिन्न वडाका बाटोहरुमा खन्याइएको पाइएको छ ।

सैनामैना नगरपालिका वडा नम्वर १० र ११ मा पर्ने पूर्व– पश्चिम राजमार्ग नजिकै रहेको पहेलाखोलाबाट नगर विपद् ब्यवस्थापन समितिको माग बमोजिम जिल्ला विपद् व्यबस्थापन समितिको स्वीकृृतिमा १० हजार ४ सय ११ घनमिटर उत्खनन् गर्ने अनुमती पाएको थियो ICP पारियोजना निर्माण कम्पनि जय सप्लायर्स बुटवलले । सैनामैनाको सालझण्डी इलाका प्रहरी कार्यालय नजिकै “घाटगद्दी”गरि राखिएको माल नापजाँच गरि बैशाख २५ देखि जेठ ५ गते सम्मका लागि विक्रि आदेश पाएको थियो ।

विपद ब्यवस्थापन अन्तर्गत राट्रिय गौरवको आयोजना भएकै कारण विना प्रतिस्पर्धा न्यूनतम मूल्य प्रति घनफिट १२ रुपैयाका दरले सैनामैना नगरपालिकाले ICP पारियोजना निर्माण कम्पनि जय सप्लायर्स बुटवललाई विक्रि गरेको हो । १० हजार ४ सय ११ घनमिटरको ३ लाख ६७ हजार ३ सय घनफिट हुन आउछ । प्रति घनफिट १२ रुपैयाको दरले नगरले बेचेको मुल्य ४४ लाख ७ हजार ६ सय ९ रुपैया हो । तर भर्खरै मात्र सैनामैना ११ ताली भचना नाकामा ठेक्का मार्फत प्रति घनफिट ३० रुपैयाको दरले एस.एस आर कन्ट्र्रक्सनले ७३ हजार ३ सय ७७ घनफिट नदि जन्य पदार्थ उत्खनन् गर्न पाउने अनुमती पाएको छ । यसरी हेर्दा विपद् व्यवस्थापन समिति मार्फत उत्खनन् गरिएको माल ठेक्कामा गरिएको भए ३ लाख ६७ हजार ३ सय घनफिटको १ करोड १० लाख १९ हजार २ रुपैया पर्न जान्छ । यसरी हेर्दा नगरलाई ६६ लाख ११ हजार ३ सय ९२ रुपैया सोझै घाटा पर्न गएको छ ।

यसरी दिनदाहाडै राज्यस्रोतको चरम दुरुपयोग भएको जानकारी तत्काल स्थानिय पत्रकारले फोन मार्फत प्रमुख जिल्ला अधिकारि गणेश अर्याल, सैनामैना नगरका मेयर फणिन्द्र प्रशाद शर्मा, उप–प्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, इलाका प्रहरी कार्यालय सालझण्डी लगाएत सरोकारवाला निकायलाई जानकारी गराउदा समेत कुनै चासोँ दिएनन् । यति सम्मकी प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले त तपाइले नै इलाका प्रहरी कार्यालयलाइ भन्नु भनि पन्छिए । यो भन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ ? सैनामैनाका मेयर फणिन्द्र प्रशाद शर्माले म काठमाण्डौ छु मलाई थाहा छैन भने जबकि भिडियो फुटेज नै सुरक्षित छ अनुगमन गर्नु भन्दा कुनै रेस्पोन्स नै गरेनन् । लगत्तै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीलाइ कार्यकक्षमै गएर अनुगमनमा जानुभयो भन्दा उल्टै कुर्चिमा बसेर अनुगमन भैरहेको छ, फिल्डमा जानु पर्दैन भन्ने गैर जिम्मेवारी जवाफ दिए । आवश्यकता भन्दा बढी माल झिकिएको समेत स्थानियले उज्यालो पोष्टलाई बताए । यसरी प्रशासनकै मिलेमतोमा अबैध कारोवार भइरहेको हुदाँ इलाका प्रहरी कार्यालय सालझण्डी र इलाका प्रहरी कार्यालय रुद्रपुर अनुगमनमा जाने त कुरै भएन । यति सम्म की साझँ ४ बजे इप्रका रुद्रपुरका प्रमुखले त फोन पनि सहायक हवल्दारलाइृ उठाउन लगाए । यसरि अबैध कारोवारलाई प्रशासन कार्यालय, स्थानिय तहका प्रतिनिधि, कर्मचारिले नै प्रशय दिने हो भने जनताले यि प्रतिनिधिबाट के आसा गर्ने ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation