मुर्गियाको दुर्गा मन्दिरमा सन्ध्याकालीन आरतीको हुने : संयोजकमा शालिकराम भण्डारी

मुर्गियाको दुर्गा मन्दिरमा सन्ध्याकालीन आरतीको हुने : संयोजकमा शालिकराम भण्डारी

सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको श्री दुर्गा भवानी मन्दिरमा सन्ध्याकालीन आरती हुने भएको छ ।

श्री दुर्गा भवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कडेलको अध्यक्षतामा आज बसेको बैठकले अब देखि प्रत्येक महिनाको पहिलो दिन गर्ने अर्थात् यहि श्रावणको १ गतेबाट सन्ध्याकालीन प्रहरमा दुर्गा मन्दिर परिसरमा आरती सुरु हुने कुरा जानकारी गराउनु भयो।

मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ‌ शालिकराम भण्डारीको संयोजकत्वमा आरती सञ्चालन पाँच सदस्य समिति गठन गरिएको छ। जसको सदस्यहरूमा केशवराज न्यौपाने, गोकर्ण आचार्य, सरिता आचार्य र डिलादेवी शर्मा रहनुभएको छ।

संयोजक भण्डारीले दुर्गा मन्दिर परिसरमा हुने यो आरतीलाई यस क्षेत्रमा नै नमुना आरती‌ गराउनुका साथै यस क्षेत्रका मात्रै नभएर भोलिका दिनमा यो आरती अवलोकनका लागि विभिन्न ठाउँबाट भक्तजनहरूको घुइँचो लाग्ने कुरामा आफू ढुक्क रहेको कुरा व्यक्त गर्नुभयो। पछिल्लो चरणमा मानव संस्कारबाट अलिकति पर सरेको हुँदा उक्त संस्कारलाई समेत यो आरतीले जोड्ने हुँदा पारिवारिक आरती दर्शनका लागि समेत भक्तजनहरू मन्दिर परिसर आउने कुरामा कुनै दुई मत नरहेको कुरा संयोजक शालिकराम भण्डारीले बताउनु भयो ।
दुर्गा मन्दिर व्यवस्थापन समितिले प्रत्येक महिनाको पहिलो शनिबार बिहानी सत्रमा मासिक बैठक गर्दै
मन्दिरको विकास सँगसँगै सुदृढीकरणका लागि सधैंभरि तत्पर भएर लागिरहेको कुरा अध्यक्ष कृष्ण प्रसाद कँडेलले जानकारी गराउनु भएको थियो भने र अहिले मन्दिर परिसरलाई चारैतिरबाट वाल लगाएर संरक्षण गर्ने कार्य पनि भइरहेको कुरा जानकारी गराउनु भयो। कार्यक्रममा सबैलाई स्वागत गर्नुभएको थियो संस्थाका वरिष्ठ उपाध्यक्ष केशवराज न्यौपानेले भने सम्पूर्ण उपस्थितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो संस्थाका सहसचिव जगदीश वाग्लेले र कार्यक्रमको सञ्चालन सचिव गोकर्ण आचार्यले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation