सैनामैना चक्रपथको काम पुनः सुरु

सैनामैना, जेठ १२ ।
देशकै लामो सैनामैना चक्रपथको रोकिएको काम पुनः सुरु भएको छ । बन्दैगरेको चक्रपथको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले शुक्रबार अनुगमन गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं. १ र २ जोड्ने चक्रपथको उहाँले अनुगमन गर्नु भएको हो । अनुगमनमा नगरप्रमुख र वडा नं. १ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्री लगाएतको टोलिले अनुगमन गर्नु भएको हो ।

सैनामैनामा देशकै लामो ५७ किलोमिटर चक्रपथ निर्माण हुँदैछ । छ वर्ष अघि ५७ करोड रुपियाँको बजेटमा सुरु भएको सैनामैना नगरपालिकाको चक्रपथ पुरा हुने क्रममा छ । वि.सं २०७८ असोज ३० सम्म सक्नेगरी सम्झौता भएको थियो ।
चक्रपथ निर्माण गर्न अब करिव १० प्रतिशत काम पूरा हुन बाँकी छ । चक्रपथको सङ्घीय सरकारको नेतृत्वमा ३९ किलोमिटर कालोपत्रे गर्न सुरु भएको थियो ।

उक्त चक्रपथको काम बुटवल सडक डिभिजन कार्यालयले जिम्मा लिएर शर्मा एण्ड रमन जेभी कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । बुटवल सडक डिभिजन, कार्यालयले ३९ करोडमा १३ किलोमिटर कालोपत्रे गरेपछि सो कामको जिम्मा प्रदेश सरकारलाई दिएको थियो । प्रदेश सरकारले २९ करोडमा २० किलोमिटरको काम भएको थियो ।

सैनामैना १ र २ जोड्ने चक्रपथको काम २ किलोमिटरको काम सूरु भएको छ । वडा नम्बर १० सालझन्डीमा थपिएको १४ किलोमिटर डिपिआर सुरु भएकाले बाँकी १० प्रतिशतको काम चाँडै सम्पन्न हुने नगरपालिकाका प्रमुख फडेन्द्र शर्माले बताउनुभयो ।

सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच पालिकाहरूको सहरी क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकाभित्र विकासका परियोजना लागु गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सैनामैना चक्रपथ अन्तर्गत बनाउन बाँकी सैनामैना–१० र ११ को करिब २१ किलोमिटर सडक र चक्रपथसँग जोडिने सहायक मार्गसमेत निर्माण हुने छन् । एसियाली विकास बैङ्क र सैनामैना नगरपालिकाबिच दुई अर्ब २० करोड रुपियाँ बराबरको परियोजनाका लागि अर्थ मन्त्रालयमा हस्ताक्षर भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation