सिवाइसी नेपाल लघुबित्त संस्थाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सैनामैना, जेठ २३।
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता आजको आवश्यकता र बैंक र वित्तीय संस्थाको महत्त्व, वित्तीय अनुशासन, कर्जको महत्त्व, कर्जाको सदुपयोग, बचतको महत्त्व, आम्दानी खर्च लगायतका विषयमा अन्तरक्रिया कार्यक्रममा गरिएको थियो ।
वित्तीय संस्थाले आर्थिक विकास तथा समाजिक रुपान्तरणका लागि कार्य गर्नु पर्ने सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काले बताउनु भयो । संस्थाबाट लिएको कर्जाको सही ठाउँमा लगानी गरी कर्जाको सदुपयोग गरि आम्दानी बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । आफुले लिएको कर्जा उत्पादनशिल क्षेत्रमा लगानी गरि आर्थिक रुपमा सक्षम उद्यमी बन्नु पर्ने उहाँले बताउनु भयो ।
महिलाहरुमा वित्तीय सचेतना तथा वित्तीय साक्षरता जगाउने, बचत गर्ने बानीको विकास गराउने, सही वित्तीय निर्णय लिने क्षमताको विकास गराउने, संस्थाका बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वित्तीय संस्थाका निमित्त कार्यालय प्रमुख बाबुराम कुवरले बताउनु भयो ।
संस्थाले दिने सेवा तथा कार्य र संस्थाका विषयमा वित्तिय संस्थाका मानव सम्साधन विभागका मुक्तिप्रसाद शर्माले जानकारी दिनु भएको थियो । बैंकिङ्ग तथा बित्तीय साक्षरता र महिला सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिने वित्तिय संस्था सैनामैना शाखाका शाखा प्रमुख भिख्खु प्रसाद चौधरीले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति राजबहादुर क्षेत्री, नेकपा एमालेका सैनामैना इन्चार्ज मीनप्रसाद पौडेल, वडा नं. २ का वडा अध्यक्ष अम्मर बहादुर कडेंल, वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी, वडा नं. ५ का वडा अध्यक्ष धनप्रसाद पौडेल लगायतले सहि उद्देश्य राखी क्रृण लिनु पर्ने र संस्थाले क्रृण दिनु पर्ने सुझाव दिनु भयो । केन्द्र प्रमुख, उपप्रमुख गोष्ठी तथा सक्षारता कार्यक्रममा उत्कृष्ट क्रृणी तथा उद्यामी महिलाहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation